लण्डन पबमा गएर पत्नी सबिनासँग मेयर बालेन शाह नाँचेका तस्विर भाइरल

0
3

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर लण्डन पबमा गएर नाँचेको भिडियो भाइरल बनेको छ । भिडिो र तस्विरमा उनी पत्नीसँग नाँचेका छन् । भवनको नक्सा विपरीत प्रयोजनमा लगाइएको बेसमेन्ट खाली गराउने क्रममा दरबारमार्गको लण्डन पब पनि हटाएको थियो ।

लण्डन पब हटाउन महानगरका मेयर बालेन्द्र साह(बालेन) ८ भदौमा आफैं डोजर लिएर पुगेका थिए । तुरुन्तै हटाउन निर्देशन दिएपछि यो पब नै केही समय बन्द भएको थियो ।

अहिले उक्त पब सरेर सरेर पब किंग्स लाउञ्जको छेउमा सञ्चालनमा आएको छ । नयाँ ठाउँमा सञ्चालनमा आएको लण्डन पबमा मंगलबार राति बालेन एक कार्यक्रममा पुगेको बताइएको छ ।

बालेन व्यक्तिगत निमन्त्रणमा उक्त पबमा पुग पबमा पुगेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here