चिठ्ठाले खोलेको भाग्य, ३५ करोडको चिट्ठाले गाँउमा खुशियाली परिवारमा त्रा’स(भिडियो सहित)

0
3

दुबईमा गाडी धुने एक नेपाली युबाले एक करोड दिराम अर्थात झन्डै ३५ करोड नेपाली रुपैयाँ बराबरको चिठ्ठा जितेको खबर यतिवेला जताततै छाएको छ । गुल्मी रेसुङ्गा नगरपालिका १२ का ३१ बर्षिय भरत बिश्वकर्माले दुबईको चर्चित मजुज चिट्ठामा एक करोड दिराम जितेका हुन ।

तिनबर्षअगाडि रोजगारीको अवसरमा दुबैई पुगेका भरतले कार सफा गर्ने काम गर्दै आएका थिए । उनको तलब मात्र १३०० दिराम लगभग नेपाली ४५ हजार रुपैयाँ रहेको छ । चिठ्ठामा जितेको ३५ करोड रुपैयाँबाट ब्रेन ट्युमरपछी पक्षाघात भएकाको उपचार गर्ने परिवारको ॠण तिर्ने भरतको योजना रहेको छ ।

बिकले यती ठुलो रकम चिट्ठामा जितेपछी परिवारमा खुशी त छाएको छ नै डर पनि थपिएको छ । अनावश्यक आर्थिक झमेलामा पारीने चिन्ता पनि बढेको छ । डरलाई एकातिर पन्छाउने हो भने यो रकमबाट पुस्तौँको जीवन स्तर फेरिनेमा भरतकी श्रीमती मन्जु बिकको अनुहारमा कान्ती छाएको छ ।

बाँकी हेर्नुस तलको भिडियोमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here