यही शैलीमा काम गरे बालेनले अर्को ५ वर्ष पनि मेयर खाने पक्का

0
3

काठमाडौँका मेयर बालेन शाह धेरैको दिनमा बस्न सफल भएका छन् । नेताहरुले सदियौँदेखि गर्न नसकेको काम बालेनले क्षणभरमा नै गरिदिएपछि केही भू माफीयाहरुको भागाभाग भइरहेका बेला कैयौँ सर्वसाधारणको दिलमा बालेन बसिरहेका छन् । कतिपयले त बालेनलाई अर्को ५ वर्षको मेयर समेत भन्न भ्याएका छन् ।

यसैबिच कमेडियन सुमन कोइराला दले दाई लामो समयपछि देखा पर्दै दले पेशामा बालेनको डोजरले अप्ठ्यारो परेको भन्दै भू माफियाहरुविरुद्ध ब्यग्य कसेका छन् । कमेडी च्याम्पियनको पहिलो शृखलाबाट चर्चामा आएका सुमन ‘दले दाइ’ को क्यारेक्टरमार्फत् एकाएक स्टार भएपछि फाइनलमा फालिएसँगै हराएका उनै सुमन कमेडी क्लब विथ च्याम्पियनको मञ्चमा मंगलबार एक्कसाी देखा परेर बालेनको कामको तारिफ गर्दै नियम मिचेर बनाइएका संरचनाहरुमका डोजर चल्नु राम्रो भएको भन्दै भू माफियाहरुलाई नै प्रहार गरेका छन् ।

सुमनले दलेकै शैलीमा दिएको प्रस्तुती निकै रोचक छ । अर्गानिक कमेडियनका रुपमा राम्रो चर्चा पाएका सुमनले बाबरीको प्रचारमा आएकी नायिका अदिती बुढाथोकीलाई लुलाव नै दिएर प्रेम प्रस्ताव राखेको क्षण निकै रमाइलो देखिएको थियो । सो अवसरमा सुमले नायक धिरज मगरलाई अदिती राम्री की बाबरी भनेर सोध्दा धिरजले रमाइलो शैलीमा यस्तो उत्तर दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here