दुईजना सानो नानीहरू साँझ ५ बजेसम्म कहिले खोलामा त कहिले बाटोमा आउने जाने गरिरहेका थिए । उनको मुहारमा निराशाको मुस्लो दौडिरहेको थियो ।
उमेरले १२ वर्ष मात्र पुगेका महेशको मन नजिकै पहाडमा मडारिएकोे बादलभन्दा फरक थिएन । उनलाई देख्ने जो कहिले पनि, उनको मनमा छछल्किएको पीडाको सहजै अनुमान गर्न सकिन्थ्यो ।
हरेक दिन साँझ परेपछि गाउँमा भैंसीलाई घाँस दिन जानुपर्ने दैनिकी आज खलबलिएको थियो । बुधबार साँझ भैंसीलाई घाँस दिएर फर्किएका महेशलाई आज भैंसीले घाँससमेत खान पाएको छैन भन्ने पत्तै पाएका छैनन् ।
सेती खोला छेउमा पर्ने सानो कुगुमा थियो उनको पसल । बाबाले किराना पसल र माइलो बुबाले फेन्सी पसल राखेका थिए । महेशका बुबा हेमबहादुर र आमा दिलकुमारीले भैैंसीलाई घाँस दिन माइलो दाईको छोरीसँग बुधबार गाउँको गोठमा पठाए ।
भैंसीलाई घाँस दिन गएका उनीहरु राति भएपछि उतै सुते । बिहीबार बिहानमात्र घर झरे । बिहान घरमा झर्दा घरमाथि खोला बगिरहेको थियो । गाउँका केही मान्छे बाहेक कोही थिएनन् वरपर । उमेश भन्छन्, ‘यही वैशाखमा बनाएको घर हो हामीले काठबाहेक अरु केही देखेनौं ।’
‘घर भत्किए पनि बुबाआमा कतै गएर सुरक्षित रुपमा बस्नुभएको होला भन्ने आशा थियो, तर अहिलेसम्म पनि उहाँहरुलाई भेटाउन सकिएको छैन ।’ छोरी सुस्मिताले रुँदै भनिन्, ‘हामीभन्दा साना भाइ बहिनासहित परिवारमा ८ जना थियौं, हामीलाई उता पठाएर कहाँ जानुभयो भन्दै रुन्छिन् उनी ।
‘राति ठूलो पानी परेको थाहा थियो तर, घरसहित बुबाआमालाई बाढीले लगेको भन्ने हामीले सोचका पनि थिएनौँं’ भक्कानिदै उमेशले भने । बुबाआमाको कुरा गर्दा बित्तिकै भक्कानिने उनीहरु सहाराविहीन बनेका छन् ।
पूरा जानकारीको लागि भिडियो हेर्नुस्













