बुद्धि विश्वाकर्माको मृ त्यु भएपछी अहिले १२ वर्षका अनुप विश्वकर्मा उनका छोरा किरिया बसेका छन् । उनकी आमा राम माया विकले केही महिना अगाडि जोर्डनमा आफुलाई त्यहाको मालिक र सबै साथी भाइहरुले कुटपिट गरेको भन्दै सामाजिक संजालमा आफ्नो दुख पोखेकी थिइन् ।
अहिले भने बुद्धि विश्वकर्माको श्रीमती राम माया विश्वकर्मा यतिबेला मिडियाको सम्पर्कमा आएकी छिन्। राम मायाले आफ्नै श्रीमानको किरिया गर्नु पर्छ भनेर विदेश भागेर गएको भन्ने भनाई गाँउ समाजको रहेको रहेछ।
उनले कुनै पनि हालतमा श्रीमानको किरिया नगर्ने अनि समाजले जे सुकै भने पनि आफुले किरिया भने नगर्ने बताएकी छिन्। गाँउ समाजमा आफुले विदेशमा भएको भने पनि राममाया भने अहिले काठमाण्डौंमा बस्ने गरेको बताएकी छिन्।
उनले फोन सम्पर्कमा यसो भनेकी छिन्,’ मलाई देवरले फोन गरेर श्रीमान बित्नु भएको कुरा भन्नु त भएको थियो तर श्रीमानको परिवारसँग राम्रो सम्बन्ध नभएका कारणले मैले किरिया नगरेको हुँ।’














