सपना रोका मगर ८ महिना पछि भा’बुक हुदै मिडियामा, म बाँचे भन्दै सुनाइन् बिरामी हुँदाको पि’डा खाने पैसा नहुदा विदेश जान मन लाग्छ(भिडियो सहित)

0
2
सपना रोका मगर ८ महिना पछि भा’बुक हुदै मिडियामा, म बाँचे भन्दै सुनाइन् बिरामी हुँदाको पि’डा खाने पैसा नहुदा विदेश जान मन लाग्छ(भिडियो सहित)

सपना रोका मगर ८ महिना पछि भा’बुक हुदै मिडियामा, म बाँचे भन्दै सुनाइन् बिरामी हुँदाको पि’डा खाने पैसा नहुदा विदेश जान मन लाग्छ, दुई वर्षअघि म्याग्दीकी सपना रोका मगर अचानक मिडिया र सोसल मिडियामा छाइन् । प्रशंसा र बधाई प्रशस्त खाइन् । सन्दर्भ थियो- बीबीसीको १०० प्रभावशाली महिलाको सूचीमा उनको नाम समावेश हुनु ।

१०० सूचीमा पर्नुका पछाडि सपनाले दागबत्ती दिएका सयौं बेवारिसे लासहरु थिए । बेवारिसे लासहरुलाई बेवारिसे भइरहन नदिएर दागबत्ती दिँदै सदगद् गर्नु उनको दिनचर्या थियो । आफैं सडकमा बेवारिसे जीवनको आरोह, अवरोह गुजारेर आएकी सपनाले सडकभन्दा एक सिँढी माथि उक्लिएर बेवारिसेहरुलाई आर्यघाटमा पुर्‍याएर जलाएकी थिइन् ।

उनी बीबीसीको १०० प्रभावशाली सूचीमा परेपछि चर्चामात्रै चुलिएन, चौतर्फी प्रशंसा भयो । उनी धेरैका लागि उत्प्रेरणा बनिन् । धेरैका लागि आइकन बनिन् । १८ वर्षे कलिलो उमेरमा उनले गरेको काम प्रशंसालायक छँदै थियो ।

अचानक सारा मानिसको नजरमा परेकी सपना अचानक नै विवादमा तानिइन् । उनीमाथि अनेकानेक टीकाटिप्पणी भए, सहनेसम्म सहिन् । तर, उनको कलिलो धैर्यताले पनि थेग्न नसक्ने अवस्था आइपरेपछि अचानक गायब बनिन् ।

उनी कहाँ गइन्, के गर्दैछिन्, कसैले सोधखोज गरेन । आठ-नौ महिनासम्म दृश्यबाट ओझेल परेकी सपनालाई यहीबीचमा अनेक रोगले जकडे । टन्सिल भयो । एपेन्डिक्स भयो । अस्पतालमा लामो समय बिताइन् । मानसिक तनावबाट पार पाउन आफैंले आफैंलाई उत्प्रेरित गरिन् । परिवारलाई समय दिइन् ।

उनको फेसबुक पाकिस्तानबाट ह्याक भयो । सञ्जालबाट लापता भइन् । यत्तिका लामो समय हराउनुको रहस्य खोतल्छिन् सपना, ‘यो बीचमा आफूले आफैलाई नजिकबाट बुझ्ने र भेट्टाउने प्रयास गरेकी थिएँ ।’

थोरै मुसुक्क २१ वर्षे हाँसो हाँसेर मुख खोल्छिन्, ‘अलिकति भेट्टाएँ । अलिकति बाँकी छ ।’अहिले सपना जब ऐनाअघि उभिन्छिन्, उनलाई आफैंलाई भेटेजस्तो लाग्छ । उनलाई लाग्छ, हिजोको सपना कमजोर थिई, जोकोहीलाई विश्वास गरिहराल्ने सपना थिई । रोइहाल्ने, जिद्दी गर्ने सपना थिई । परिपक्व नभएकी सपना थिइन् । तर, आजको सपना त्यस्ती छैनन्, बलियी छिन् ।

सपनालाई आमाले भन्ने गर्थिन्, ‘लास जलाउने काम गर्छु भनेर अगाडि बढेकी छेस् । ताली र गालीको पछि नलाग ।’तर, ताली-गाली दुवै आफैं सपनाको पछि लागे । तालीले साथ दियो । सँगै गालीले पिछा छाडेन । अलिकति राम्रो काम गर्‍यो, तालीको वर्षा । सानो गल्ती गर्‍यो, ‘श्रद्धाञ्जली’को ओइरो ! तर, आफूलाई दुइटै कुराले उस्तो नखिचेको सपनाको स्वीकारोक्ति छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here