कठै अन्तरजातिय बिबाह गरेका जोडी रूदै मिडियामा, मन थामेर हेर्नुहोला, नितु परियार र सन्तोषको यो पूरा भिडियो हेर्नुहोस् ।
https://youtu.be/MmPyn2mKN-E
अन्य समाचार : बग्दाद,
चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमा शनिबार पहाड भत्किँदा नौ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बेयिन शहरको जिंगताई काउन्टीमा उक्त पहिरो बिहान ११स्१५ बजेतिर खसेको जानकारी दिएका छन्।
दुर्घटनामा परी १७ जना मध्ये ९ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन् । त्यसैगरी अर्का एक जना अझै बेपत्ता छन् ।
खोजी तथा उद्धार कार्य जारी छ ।
अमेरिकामा गोली चल्दा एक जनाको मृत्यु:अमेरिकाको सिएटल शहरको बाहिरी क्षेत्रमा भएको गोलीकाण्डमा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । वाशिंगटनको रेन्टन उपनगरमा सिएटलमा बन्दुकको धेरै आवाज सुनेपछि स्थानीयहरूले प्रहरी अधिकारीहरूलाई बोलाएका थिए ।
प्रहरीका अनुसार एक जनाको घटनास्थलमै मृत्यु भएको र अन्य पाँच जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । रेन्टन पुलिस विभागले पेस गरेको आधिकारिक विवरणअनुसार लोगान एभिन्यु साउथको १०० ब्लकमा उक्त घटना भएको हो।
विवादपछि गोली हानहान भएको थियो । आक्रमणकारीको पहिचान खुलाइएको छैन् ।















