डोटीमा ५ सय ८४ घर प’हिराेको उच्च जो’खिममा

0
3

डोटी – डोटीको सायल गाउँपालिकामा बाढी पहिराेका कारण ५ सयभन्दा धेरै घर उच्च जो’खिममा परेका छन् ।यो गाउँपालिकाको वडा नं १, २, ४, ५ र ६ मा रहेका ५ सय ८४ घर पहिरोको जोखिममा रहेका गाउँपालिकाका स्थानीयवासी तेजबहादुर डुम्रेलले बताउनुभयो ।

गएको वर्षको असोज, कात्तिक महिनामा परेको अविरल वर्षाका कारण गाउँमाथिबाट पहिरो ख’सेको थियो । पहिरोमा परेर त्यतिबेला ६ जनाको ज्या’न गएको थियो । तर, पहिरोका कारण जोखिममा रहेका ती बस्ती अहिलेसम्म स्थानान्तरण गरिएको छैन ।

गाउँपालिकाको तथ्याङ्क अनुसार वडा नं. ४ मा रहेका भल्मा, कुनाकाट्टे, घङारे, बाबनसैन र डौड लगायतका बस्तीका २ सय ५० घरधुरी जोखिममा परेका छन् । त्यस्तै वडा नं. ५ का ढिपु र सुनिबाटा गरी ६० घरधुरी, वडा नं. ६ को रौकल्लाका ७० घरधुरी पहिरोको उच्च जो’खिममा परेका छन् ।

त्यस्तै वडा नं. २ को सिर्मा गाउँका १ सय २० र घुर्केला गाउँका ३४ घरधुरी उच्च जोखिममा परेका छन् । वडा नं. १ कुसिनाऔल र छपालीका ५० भन्दा बढी घरधुरी जोखिममा परेका छन् । पहिराेको जोखिममा रहेका बस्तीहरुमा बादल लाग्नेबित्तिकै फोन सेवा अ’वरुद्ध हुने गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here