काठमाडौं :
काठमाडौं – हिन्दु महिला हरुको महान चार्ड हरितालिका तिज आउन झन्डै दुई महिनानै बाकि छ भनौ कलाकार ले तिज गीत धमाधम सार्वजनिक गरेका छन ।
सार्वजनिक भएका गीत हरू कहि निकै राम्रो स्थान पनि पाएका छन यसै बिच पशुपति शर्माको तिज डिजिटल बजारमा सार्वजनिक भएको छ। तेस्तै दर्शक श्रोताले भने जति तिज गीत आए पनि पशुपति शर्माको तिज गीत न आए सम्म तिज आए झै लाउदैन् पनि भन्छन।
यस्तै हरेक बर्ष उत्कृष्ट तिज गीत सार्वजनिक गर्ने जोडि देबि घर्ति पशुपति शर्माका गीत दर्शक श्रोताले निकै रुचाउने गर्दछन । पशुपति शर्मा राजु ढकाल देवि घर्ति र शुस्मिता घर्ती सहकार्य मा रहेका तिज गीत दर्शक श्रोताले निकै रुचाएका छन ।
हालै सार्वजनिक भएको उक्त जोडि को तिज गीत “ओई बुढा” सो गीत गीतमा पशुपति शर्मा, राजु ढकाल , देवि घर्ति र शुस्मिता घर्तीले आवाज दिएका छन। भने लय शब्द पशुपति शर्माकै रहेको छ।
गायक गायिका आफैले अभिनय रहेको छ स्मृती तिमिल्सिना ‘गुरुआमा’ ले निर्देशन गरेको भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका हुन् । सम्पादन प्रकाश धमलाले गरेका हुन् । गीतलाई गायिका देबि घर्ती मगरको आफ्नै युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
भिडियो हेर्नुहोस्















