उपमेयरमा जितेसँगै यी इञ्जिनियर सँग बिहे गर्ने तयारीमा सुनिता डंगोल !

0
3

काठमाडौं मात्रै होइन, स्थानीय निर्वाचन २०७९ मा मुलुकभर चर्चामा अहिले मुख्य गरी दुई विशेष चर्चित पात्र बने । संघीय राजधानीको महानगरपालिकाको मेयर पदमा फराकिलो अन्तरले जितेपछि स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) साह र उपमेयरमा विजयी नेकपा (एमाले) की सुनिता डंगोलको देश दुनियाँभर नै चर्चा छ ।

पहिले स्वतन्त्र उम्मेदवारको रुपमा मेयरमा उठ्ने घोषणा गरेकी डंगोललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले एकाएक सूर्य चिह्नबाट उपमेयरमा ल`डाउने निर्णय सुनाएपछि उहाँको बेग्लै लहर आयो । उहाँले बालेनको भन्दा धेरै मत ल्याएर जित्नुभयो ।

नेपाली, अंग्रेजी र नेपाल भाषामा राम्रो दख्खल भएकी उहाँले केही वर्ष महानगरपालिकाकै सहायक विज्ञ भएर काम गरेको अनुभवपनि छ । एक दशकअघि मीस नेवाः को ताज जित्नुभएकी उहाँ अहिले युवा पुस्ताको ढुकढुकी हुनुहुन्छ ।

सुनिताले उपमेयरको जिम्मेवारी सम्हालेलगत्तै लगनगाँठो कस्ने सुरसार भइरहेको जानकारी बाहिर आएको छ । पारिवारिका स्रोतका अनुसार काठमाडौंको रैथाने नेवार समुदायकी हँसिली सुनिताले वीरगञ्ज पुख्र्यौली घर भएका एक जना नेवार समुदायका साउण्ड इञ्जिनियरसँग जीवन बिताउने योजना बनाएको खुल्न आएको छ ।

उहाँ तीन चार वर्षदेखि उनै इञ्जिनियरसँग ‘इन्गेज्ड’ रहेको पारिवारीक स्रोतले पुष्टि गरेको छ । सिनेमा र फोटोग्राफीमा रुचि राख्ने सशांक श्रेष्ठले भर्खर इञ्जिनियरमा स्नातकोत्तर ससकाउनुभएको छ । आगामी मंसिरमा विवाह गर्ने गरी सुनिता र सशांकका परिवारले सबै तयारी अघि बढाएको स्रोतको पुष्टि छ ।

जेठमा उपमेयर बनेपछि आगामी संघीय संसद्को निर्वाचनताका विवाह गर्ने योजना बनेको छ पारिवारीक स्रोतले पुष्टि गर्यो । नेपाल वायुसेवा निगमकी पूर्वकर्मचारी रश्मी श्रेष्ठ सुनिताकी हुनेवाला सासू भएको खुल्न आएको छ । गौरी प्रधान नेतृत्वको बाल मजदुर सरोकार केन्द्र (सिविन) मा कार्यरत वीरगञ्जका सुवोध श्रेष्ठ उहाँका भावी ससुरा हुनुहुन्छ ।

सुवोधले फुर्सदमा गीत गाउँनुहुन्छ भने रेडियो क्यापिटलसँग पनि जोडिनुभएको छ । सशांकको फेसबुक प्रोफाइलमा सुनिताको फोटो र चुनावी प्रचारका भिडियो भरमार देख्न पाइन्छ । हुनेवाला सासू रश्मी निगमको कमर्सियल विभागमा काम गर्नुहुन्थ्यो । बेहुला श्रेष्ठको परिवारको बसाइ नयाँ बसपार्क क्षेत्र गोंगबूमा हो । उहाँहरूको पुख्र्यौली घर वीरगञ्ज र अर्को घर कीर्तिपुरमा पनि रहेको छ । कीर्तिपुरको घर भाडामा लगाइएको छ ।

हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here