काराेबारकाे अन्तिम दिन आज (मङ्सिर १६ गते) शुक्रबार सुनकाे र चाँदी दुवै काे भाउ बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज शुक्रबार १ हजार रुपैयाँले बढ्दै ९९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज शुक्रबार तेजावी सुन प्रति तोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
यस्तै, चाँदीको मूल्य पनि आज शुक्रबार १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।















