सर्मिला गुरुङ, सुनिता बुढा क्षेत्री र पुरुषोत्तम गैरेको मार्मिक तिज गित सार्वजनिक (भिडियो हेर्नुहाेस्)

0
3

पछिल्लो नेपाली सांगितिक बजार संगितमय वन्दै गएको छ भने नेपाली लोक गित संगितलाई चौतर्फि रुचाईएको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भमा बजारमा धेरै सर्जकहरुले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढे संगै कलाकारहरुले नयाँ नयाँ गितहरु सार्वजनिक गरिरहेका छन् । तिज आऊन करिव दुई महिना बाकि छ, तर बजारमा तिजको रौनक सुरु भईसकेको छ, बजारमा तिज लक्षित गितहरु आऊन थालिसकेका छन् । यसैविच लोकप्रिय दोहोरी कलाकार मिरा महोत्राको नयाँ तिज गित ‘चेलीको व्यथा’ भाग तिन भखर्रै सार्वजनिक भएको छ ।

बिगतका बर्षहरुमा जस्तै यस बर्ष पनि महोत्राको तिज कोसेली सार्वजनिक भएको छ, भाग एक, भाग दुई सर्वाधिक दर्शकस्रोताहरु रुचाएका थिए तसर्थ यो तिजमा चेलीको कथामा आधारित विषयवस्तु गितिशैलीमा भाग तिनको रुपमा प्रस्तुत गरिएको छ । सुप्रसिद्ध दोहोरी गायिकाहरु सर्मिला गुरुङ, सुनिता बुढा क्षेत्री र लोकप्रिय दोहोरी गायक पुर्षोतम गैरेको आवाजमा सजिएको उक्त गितमा राजु महोत्राको उत्कृष्ट शब्द सृर्जना एवम् संगितकार पुर्षोतम गैरेको लय रचना रहेको छ ।

नेपाली समाज घटिरहेको चेलीहरुको यथार्थ घटनामा आधारित विषयवस्तु दर्शाईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट वनेको छ । राजु महोत्राको उत्कृष्ट कथा वस्तु एवम् निर्देशनमा तयार भएको गितको म्युजिक भिडियोमा रात्रु महोत्रा, मिरा महोत्रा, विनोद खड्का, रक क्षेत्री, खुसी थापा, कमला गैरे लगायत थुप्रै कलाकारहरुको मर्मस्पर्शी अभिनय रहको छ ।

अत्यन्तै उत्कृष्ट शैलीमा तयार पारिएको गितको म्युजिक भिडियोलाई करन चौसिरले छांयाकन एवम् विकाश ज्ञवालीले सम्पादन गरेका छन् । अत्यन्तै मार्मिक र मर्मस्पर्शी कथा वोकेको उक्त गितको म्युजिक भिडियो Swaviman Creation को अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको छ । अब हेर्नुहाेस् पुरा म्युजिक भिडियो :-

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here