काठमाडौं – नेपालि गीत संगीतमा असार महिनाको १५ कट्न थालेपछि तिज गीतहरुले सोशल मिडियाहरु तताउने गर्दछ। हरेक बर्ष तिज नजिकिय संगै आडैमा रहेको रेडियो अनि टेलिभिजनहरुमा तिनै तीजका भाकाले तिज घर आगनमा आयको जस्तै महसुस सबैलाई गराउन थाल्छ।
भने कतिपयलाई त झरीमा लुछुप्पी रुजेर आयको समयमा समेत तिनै तीजका भाकाले आनन्द दिने गरेको पाउन सकिन्छ। यसै गरेर ति तीजका गीतहरुमा चेलीको बेदना, घरायसी कुराहरु संगै विभिन्न खालका बिषयमा कलाकार तथा सर्जकहरुले गित नयार गरेको पाईन्छ।
जुन गीतले कतिपयको घरमा उस्तै मेल खायर हाम्रै लागी अथवा मेरै लागी बनायछ क्यारे भनेर मनमनै समेत भनेकै होलान। जे होस् हाम्रो मौलिक परम्परालाई निरन्तर राख्दै कलाकारले हरेक बर्ष यस्तै गरेर तीजका गितहरु सबै नेपाली माझमा पस्किदै आयका छन्।
दैनिक रुपमा तीजका गितहरु बजारमा आउने क्रममा पछिल्लो समयकी सबैले रुचाईयकि बाल-गायिका कमला घिमिरेले यसपाली कस्तो गित गाउलिन भन्ने धेरैको मनमा लागेको थियो होला।
सायदै उनले गायका धेरै गितहरु संगै गयको बर्ष तीजमा गयको गीतहरुले समेत निकैनै चर्चाहरु पायको पाउन सकिन्थ्यो त्यसकारण पनि कमलाको गीतलाई धेरैको प्रतीक्षा रहेको हुन सक्छ। सोहो प्रतीक्षा अनुसार कमला घिमिरेको यसपालिको पहिलो तिज गित बजारमा आयको छ।
तिज गीतिसंग्रह “मुनी मुनी पाठी” कमला घिमिरेको यसपालीको पहिलो तिज कोसेलीको रुपमा आयको गीतमा स्वर कमला घिमीरे, पुजा देबकोटा र बिक्रम क्षेत्रीको रहेको छ भने उक्त गीतमा लय श्रीजना रोशन परीयारले तयार पारेका छन्। त्यस्तै गरेर उक्त गीतमा म्युजिक एरेन्ज महेन्द्र भण्डारीले गरेका थिय।
मेसना डिजिटल को युट्युब बाट आयको उक्त गीत “मुनी मुनी पाठी” को म्युजिक भिडियो निर्देशन स्मृति तिमील्सीना ले गर्नु भयको छ भने जुन भिडियोलाई छायाकन राम केसी र सम्पादन पदम सुबेदीले गर्नु भयको छ।
र गीतको भिडियोमा अभिनय कमला घिमिरे, रोमन रिजाल, अर्जुन सापकोटा र सरस्वति फुयालले गरेका छन्। बिशेष गरेर एउटा परिवारमा आफ्ना बाल-बच्चालाई कसरी खुसी राख्न सकिन्छ भन्ने खालका सब्द र भिडियोको दृश्यमा देखीय अनुसार धेरैले अनुमान लगाउन सकिन्छ।
“मुनी मुनी पाठी” भन्ने बित्तिकै गाउ घरमा बाख्राका साना बच्चाहरुलाई बुझाउछ र साना बाल-बच्चाहरु पनि त्यस्तै बाख्राका साना पाठा पाठी संग खेल्न रुचाउने गरेका हुन्छन। सोहि अनुसार पनि उक्त गीतमा परिवारका साना बाल-बच्चाहरुलाई खुसी गराउने बिषयमा बाख्राको पाठिलाई प्रमुख थेगो संगै गित तयार पारीयको हुन सक्छ।
उक्त गीतको पुरा भिडियो तल हेर्नुहोस।













