नुवाकोटकी प्रिती रिमालको आवाजमा नयाँ गीत घर त भादिँग नुवाकोटको भिडियो आएको छ । शिशिर भण्डारीको शव्द सँगीतमा लोक फ्लेवरको गीतलाई धेरैले रुचाएका छन् । प्रितीको यो पहिलो युगल गीत हो, उनीसँगै चर्चित गायक प्रताप दासको पनि गीतमा आवाज रहेको छ ।
शिशिर भण्डारी, आभा थापा, पुनम गौतम, आकाश जाना आदि कलाकारहरुको अभिनय रहेको गीतमा प्रिती पनि रहेकि छिन् । गाउँबाटै घाँस काट्ने क्रममा उनको सुमधुर आवाज भाईरल भएको थियो । रिलिजका हिसाबले यो प्रितीको दोस्रो गीत हो । एक दिनमै गीतलाई ७ लाख माथिले हेरे भने गीत ट्रेण्डिँगको नँ ४ मा रहेको छ । भिडियो हेर्नुस
अन्य समाचार : काठमाडौं :
आफ्नै ज्यान जोखिममा राखेर दुई बालकहरुको बाढीबाट उद्दार गरेको एक भिडियो भाइरल बनेको छ ।
भाइरल भिडियो ओमनको रहेको बताइएको छ । ओमानी नागरिक अलि बिन नासेर अल वार्दीले नदीको सुन्दर दृष्यावलोकनका लागि आफूसँग जान बुवालाई कुरा गरिहेका थिए ।
जब उनीहरु आफ्नो घरबाट बाहिर निस्किए, बाबु–छोराले देखे कि बाढी उर्लिएको नदीमा फसेका दुई बच्चाहरु सहाराका लागि चिच्याइरहेका थिए ।
उनीहरु एउटा जैतुनको रुखको जरालाई पकडेर आफ्नो ज्यान बचाउन लडिरहेका थिए । त्यो देखेपछि उनले आफुले कपडा कुकालेर कम्मरमा एउटा डोरीले बाधेर अर्को छेउमा बुवालाई समात्न लगाए ।
त्यसपछि बाढीमा होमिएर बचचलाई जोगाए । त्यसबेला आफ्नो दिमागमा बच्चाहरुको ज्यान जोगाउने कुरा मात्रै रहेको र भगवानको प्रार्थना गरिरहेको उनी बताउँछन् ।‘म जोडजोडले चिच्याएर उनीहरुलाई नआत्तिनका लागि हौसला दिइरहेको थिएँ । वरिपरी कुनै बलियो चिज भए त्यसलाइ समात्न भनिरहेको थिएँ । तर, त्यस्तो चिज केही थिएन ।
जसरी–तसरी म उनीहरुसम्म पुगेँ । उनीहरुलाई छुनासाथ मेरो आँखाबाट बर्बरी आँशु बगे उनले भने । अल वार्दी भन्छन्, ‘म भगवानलाई धन्यवाद दिन्छु कि मैले उनीहरुलाई सकुशल उद्दार गर्न सकेँ ।’ अल वार्दीका अनुसार ती बच्चाहरु १३ र ७ वर्षका थिए ।















