गायिका सुनार मृ’त्यु प्रकरण : प्रेमी वि’रुद्ध ज्यानसम्बन्धी कसूरमा जाहेरी

0
4

लोक दोहोरी गायिका दिलमाया सुनारको शं”कास्पद मृ”त्यु प्रकरणमा पी’डित परिवारले ज्या”नसम्बन्धी कसूरमा किटानी जाहेरी दिएको छ । प्रहरी वृत्त, बालाजुमा परिवारले सुनारको ह”त्या भएको दाबीसहित उनका प्रेमी सूर्य श्रेष्ठविरु”द्ध किटानी जाहेरी दिएको हो । परिवारको जाहेरी आएपछि दर्ता गरेर अनुसन्धान थालिएको बालाजुका प्र”हरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रले अनलाइनखबरलाई बताए । शनिबार बिहान पौने ११ बजे सुनार कोठामा मृ”त अवस्थामा भेटिएकी थिइन् ।

लगत्तै प्र”हरीले उनका प्रेमी श्रेष्ठलाई प”क्राउ गरेर अनुसन्धान थालेको थियो । सुरुमा घ”टनाबारे अनविज्ञता प्रकट गरेका श्रेष्ठलाई अनुसन्धान अधिकृतले प्राविधिक पक्षको विश्लेषणसहित उनी त्यहाँ रहेको बताएपछि उनले राति सोही कोठामा बसेको स्वीकारेका थिए । बिहान उठ्दा झु”’ण्डिरहेको देखेपछि आत्तिएर भागेको थिएँ’ उनले प्रहरीसँग बयान दिँदै भनेका छन्, ‘हतार हतार सल निकालेँ, तर सास थिएन ।’ त्यसपछि डराएर सल लिएर आफू कोठाबाट भागेको उनले बताएका छन् ।

स्ट्याटसमा ‘आफ्नो इच्छाले यो कदम उचालेको’ भन्दै कसैलाई दोष नभएको भनिएको थियो । ‘कसैले खोजीनिधि पनि नगर्नु र पोष्टमार्टम पनि नगर्नु’ स्ट्याटसमा भनिएको छ । पी”डित पक्षले यो स्ट्याटसमा पनि शंका गरेको छ । डीएसपी मिश्र चाहिँ स्ट्याटसबारे पनि छानबिन भइरहेको बताउँछन् । प्र’हरीका अनुसार सुनारको मोबाइल आइतबार अपरान्हसम्म बरामद नहुनुले पनि शं”का बढाएको छ । ‘कोठामा सबैतिर सर्च गरिसक्यौं, मोबाइल भेटिएको छैन’ एक अनुसन्धान अधिकृत भन्छन्, ‘श्रेष्ठले सल मात्र लगेको भनेका छन् ।’

उनले बताएअनुसारकै स्थानबाट प्र”हरीले सल ब’रामद गरेको छ । सललाई परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाउने तयारी गरिएको छ । श’व भने पो”ष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । गायिका सुनारको फेसबुकमा शनिबार बिहान ‘कसैको माया पाउन जति कोशिस गरे पनि पाउन सकिन, तर पनि हार खाइन । तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिन्दिनै मर्न सकिन आमा’ भन्दै स्ट्याटस पोष्ट भएको थियो ।

सुनारको श’वमा घाँटीमा बाहेक अन्यत्र ‘मार्क’ देखिएको छैन । श्रेष्ठले पनि घ”टनास्थलमा आफ्नो उपस्थिति स्वीकारे पनि उनले आ”त्मह”त्या गरेको दाबी गरेका छन् । त्यसैले प्रहरीले पोष्ट”मार्टम रिपोर्ट कुरिरहेको छ । डीएसपी मिश्र भन्छन्, ‘अहिले ज्यानसम्बन्धी क”सूरमा जाहेरी आएको छ, भोलि अनुसन्धानबाट देखिएअनुसार प्रहरी प्रतिवेदन बनाएर मुद्दा अघि लैजान्छौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here