प्याजले १ मिनेटमै निको पार्छ दाँतको दुखाई, जान्नुस् ५ घरेलु उपाय !

0
3
प्याजले १ मिनेटमै निको पार्छ दाँतको दुखाई, जान्नुस् ५ घरेलु उपाय !

प्याजले १ मिनेटमै निको पार्छ दाँतको दुखाई, जान्नुस् ५ घरेलु उपाय ! राम्ररी दाँत सफा नगर्दा वा चिसो पानी पिए लगत्तै तातो चिज खाएपछि दाँत दुख्ने हुन्छ । दुखाई सहन नसक्दा प्राय हामी चिकित्सक कहाँ पुगिहाल्छौ, तर घरेलु उपायतिर ध्यान दिँदैनौँ । जान्नुहोस्, दाँत दुख्दा अपनाउन सकिने घरेलु उपाय, जसले तत्कालै आराम दिन्छ।

कागती – कागतीमा भिटामिन सी हुन्छ, जसले दाँतको दुखाईबाट छुट्कारा दिलाउँन सक्छ । दुखेको भागमा कागती लगाउँन तुरुन्तै राहत मिल्छ।आलु – यदि दाँतको दुखाईका साथ–साथै सुन्निने पनि भए आलुलाई ताछेर त्यसको टुक्रालाई दुखेको ठाउँमा १५ मिनेट राख्नुहोस्, चाँडै आराम महशुस गर्नुहुन्छ।लसुन – लसुनको एक पोटीलाई नुनसँग खानुहोस्, यसले दाँतको दुखाईबाट राहत दिन्छ।

प्याज – हरेक तीन मिनेटमा प्याँजको एक टुक्रा खाने गरेमा मुखका किटाणु मर्छन् र यसले दाँतको दुखाई पनि कम गर्छ।ल्वांग – सबैलाई थाहा भएको कुरा, दाँत दुखेमा ल्वांगले तुरुन्तै आराम दिन्छ । दुखेको भागमा ल्वांग वा ल्वांगको तेल लगाउन सक्नुहुन्छ।

मासु कसले कति खाने ?
सामान्यतया एक व्यक्तिले दैनिक दुई सयदेखि तीन सय ग्रामसम्म मासु खानु ठीक हो । यति मासु खाँदा आवश्यक पोषण तत्व पुग्छ । योभन्दा धेरै खाँदा स्वास्थ्यलाई फाइदा हुँदैन । बढी शारीरिक परिश्रम गर्ने व्यक्तिको पाचन प्रणाली बलियो हुन्छ । मानसिक काम गर्नेका हकमा सकेसम्म मासु नखाएकै राम्रो ।

भौतिकवादीले मासु खाने र तथा आध्यात्मिक व्यक्तिले नखाने भन्ने धारणा वैज्ञानिक छ । भौतिकवादीले मासु खान प्रश्रय गरेको देखिन्छ । उनीहरू शारीरिक परिश्रममा विश्वास गर्छन् । आध्यात्मवादीले मासु खान प्रोत्साहित गर्दैनन्, किनभने अध्यात्ममा विश्वास गर्ने व्यक्तिको मानसिक कार्य बढी हुन्छ र शारीरिक परिश्रम कम, त्यसैले उनीहरूलाई मासु पच्दैन । उनीहरू शाहाकारी भोजनलाई बढी प्राथमिकता दिन्छन् ।

विशेषगरी दीर्घरोगीले मासु नखानु नै राम्रो हो । दीर्घरोगीलाई मासु पचाउन मुस्किल पर्छ । मासुमा हुने तत्वले ओषधोपचारमा समेत बाधा पुग्न सक्छ । त्यसैले सामान्यतः चिकित्सकले दीर्घरोगीलाई माछा–मासु नखान सल्लाह दिन्छन् ।

सरुवा रोग भएको अवस्थामा पनि माछा–मासु नखाएकै राम्रो । त्यस्तो अवस्थामा पाचन प्रक्रियाले काम नगर्नुका साथै मासुले असरसमेत गर्न सक्छ । बेलुकीभन्दा बिहानको समयमा व्यायाम हुने भएकाले बिहान र दिउँसो नै माछा–मासु खानु उपयुक्त हुन्छ । खानासँग भन्दा पनि खाजासँग खानु स्वास्थ्यका निम्ति लाभदायक हुन्छ । बेलुकी खाँदा व्यायाम कम हुन्छ र पचाउन मुस्किल पर्छ ।

बालबालिकालाई भने शारीरिक तथा मानसिक वृद्धि–विकासका लागि माछा–मासुको आवश्यकता पर्छ । बालबालिकाले खान सक्ने भएपछि आवश्यकताअनुसार माछा–मासु खुवाउन सकिन्छ । वृद्ध–वृद्धाले माछा–मासु नखाएकै राम्रो । माछा–मासु पचाउन कठिन हुनुका साथै यसले विभिन्न असर पनि गर्न सक्छ । वृद्धावस्थामा शाकाहारी भोजन गर्नु ठीक हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here