सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित बाघ खोलाले अटो (टेम्पो) बगाउँदा एक किशोरीको मृ”त्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अुनसार मृ”त्यु हुनेमा बराहक्षेत्र १ चतरा बस्ने कल्पना राईकी १७ वर्षीया छोरी किस्टिफिना राई रहेकी छन् ।
आइतबार राति ७ः४५ बजेतिर बराहक्षेत्रबाट धरानतर्फ जाँदै गरेको को २ ह ८९८५ नम्बरको टेम्पोे खोला तर्ने क्रममा बगाएको थियो ।
टेम्पो र चालक खोलाले बगाएर बेपत्ता भएको खबर आएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्र”हरी टोली र सशस्त्र वेश क्याम्प चतराबाट खटिएको प्र”हरी टोलीले टेम्पो बगाएको स्थानभन्दा ६ सय मिटर तल राईको श”व फेला पारेको प्र”हरीले जनाएको छ ।
मृ”तक राईको शव पो”’स्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्र”हरीले जनाएको छ । वर्षातका कारण खोलामा पानी बढेकाले टेम्पो दु”र्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार टेम्पोमा सवार जिल्ला रसुवा गोसाइकुण्ड गाउँपालिका ६ धुन्चे बस्ने वर्ष १८ कि आनियाँ तामाङ घा”इते भएकी छन् । टेम्पो चालक जिल्ला सुनसरीको धरान १७ बस्ने वर्ष २२ को राजु राईलाई प्र”हरीले नियन्त्रणमा लिएको छ ।
यस्तै,,मोरङको बेलबारी नगरपालिका–११ मा आज मोटरसाइकल दु”र्घटना हुँदा चालकको मृत्यु भएको छ । दु”र्घटनामा मोटरसाइकलको पछाडी सवार एक जना घाइते भएका छन् । मृ”त्यु हुनेमा सोही नगरपालिका–१० का ३१ वर्षीय कुसुमलाल धिमाल रहेका छन् ।
ग”म्भिर घा”इते भएका कुसुमलाललाई उपचारको लागी विराटनगर स्थित नोबेल अस्पताल पठाइएकोमा उपचारकै क्रममा उनको मृ”त्यु भएको हो । घा”इते भएका मोटरसाइकल पछाडी सवार मोरङकै पथरीशनिश्चरे नगरपालिका–६ का २८ वर्षीय रमेश धिमालको सोही अस्पतालमै उपचार भइरहेको छ ।
घाइते रमेशको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ । को २० प ७७५२ नम्बरको मोटरसाइकल आज दिउसो सवा १२ बजे नियन्त्रण गु”माएर पल्टि”एको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ ।















