खराबाट जोमसोमका लागि उडेको तारा एयरको जहा`ज बेप`त्ता भएपछि गोरखाको सहिद`लखन गाउँपालिका-५ को तीनमाने गाउँ स्तब्ध बनेको छ। जहाजमा उक्त गाउँका गणेश`नारायण श्रेष्ठको परिवारका चार जना सदस्य सवा`र रहेका छन्।
जहाज बेप`त्ता भएको खबर`सँगै गाउँ`पालिकाका अध्यक्ष रमेशबाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, वडाअध्यक्ष यमबहादुर राना, श्रेष्ठका आफन्त केशर श्रेष्ठ र स्थानीय विजय पुडासैनीको टोली पोखरा पुगेका छन्। टोलीले घ`टनाको बारेमा राम्ररी बुझेर गाउँ`बासीलाई गराएको जानकारी€लाई नै आधिका`रिक मान्ने भनेर गाउँका बासिन्दा पोखरा जाने टोलीसित सम्पर्क गरि`रहेका छन्।
‘सञ्चार माध्यमको समाचारले हामी स्तब्ध भएका छौं। तर औपचारिक जानकारी हामी गाउँपालिका`सित मात्र लिने छौं,’ स्थानीय राजेश श्रेष्ठले भने, ‘उहाँहरुको दुखद खबर नआओस् भन्ने प्रतीक्षामा छौं। यदि पुष्टि भइहाले कसरी व्यवस्थाप`न गर्ने भन्ने तयारी छलफल गरिरहेका छौं।’
सोही जहा~जको टिकट काटेको र जहाज चढ्नु`अघि अमेरिकामा रहेका छोरासित सम्पर्क भएको आधारमा श्रेष्ठ परिवार उक्त जहा€जमा रहेको पुष्टि भएको गाउँपालिकाका अध्य€क्ष थापाले बताए।
सो विमा`नमा ५२ वर्षका गणेशनारायण श्रेष्ठ, उनकी श्रीमती ४८ वर्षकी रश्मि श्रेष्ठ, छोरीहरु २० वर्षकी रविना श्रेष्ठ र २३ वर्षकी रोजिना श्रेष्ठ थिए। अध्ययनको शिल`शिलामा अमेरिका गएका छोरी`हरु नेपाल आएका बेला सपरि`वार मुक्तिनाथ भ्रमण गएको परिवार स्रोतले जनाए`को छ। – शिव उप्रेतीले लेख्नु भएको यो खबरलाई अन्नपूर्ण पोस्ट बाट लिईएको हो ।














