काे-राेनाका कारण निमोनिया हुदाँ देखिन्छन् यस्ता लक्षण ! को-रोना भाइरसको सङ्क्रमणका कारण निमोनिया हुने सम्भावना पहिलाको तुलनामा धेरै छ । सङ्क्रमितमा को-भिडले गराउने निमोनिया हुनुका साथै निमोनिया तीव्र रूपमा बढिरहेको वा बिरामीको अवस्था गम्भीर हुने सम्भावना पनि पहिलेको तुलनामा तीव्र रूपमा बढिरहेको विराटनगरस्थित न्यूरो कार्डियो एन्ड मल्टी स्पेसालिटी हस्पिटलका मेडिकल अफिसर डा. एमएस अन्सारी बताउँछन् ।
बिरामीहरू ज्वरो आउँदा, खोकी लाग्दा, शरीरको दुखाइ भए पनि लक्षणलाई सामान्य सोचेर वा दुईतीन दिनमै निको हुने सोचेर लापरबाही गरिरहेको उनको भनाइ छ । सङ्क्रमितमा श्वासप्रश्वासमा समस्या भएमा निमोनिया भएको शङ्का गरिन्छ वा हुनसक्ने सम्भावना धेरै हुन्छ । खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, अलिकति हिँड्दा पनि गाह्रो हुने, थाक्ने तथा सास बढेको जस्तो हुने, अक्जिनको स्तर घट्ने हुनसक्छ, उनले भने, ‘यस्ता लक्षण को-भिडका कारण निमोनिया हुँदा, वा गम्भीर भइसकेपछि देखिने हुन्छ ।’ उनका अनुसार हालको समयमा धेरैजसो सङ्क्रमित होम आाइसोलेसनमा बसिरहेका छन् जसकारण उनीहरूले विशेष ध्यान दिनुपर्ने हुन्छ ।
होम आइसोलेसनमा बस्ने सङ्क्रमितमा निमोनिया भएको छ वा छैन भनेर एक्स–रे वा अन्य जाँच नगरी फोनबाट थाहा हुँदैन । को- भिड निमोनिया भएका डाक्टरको परामर्श लिएर सङ्क्रमितको अवस्थाअनुसार औषधि खानुपर्ने हुन्छ । भाइरल सङ्क्रमण हुँदा खानपानमा ध्यान दिई, स्वच्छ हावामा बस्ने, घाम ताप्ने प्रशस्त मात्रामा तरल पदार्थको सेवन गर्ने, तातो पानी पिउने गर्नुपर्छ । योसँगै शरीरको रोगप्रतिरोधात्मक क्षमता वृद्धि गराउन भिटमिन सी, क्याल्सियम, भिटामिन डी, जिङ्क जस्ता औषधिको सेवन गर्न सल्लाह दिइन्छ । घरमै आइसोलेसनमा बसेका बिरामीले ज्वरो, खोकीलगायत को-भिडका अन्य लक्षणलाई मनिटर गर्नुका साथै पल्स अक्सिमिटरको सहयताले हरेक दिन अक्सिजनको स्तर नापिरहनुपर्ने उनी सुझाउँछन् ।
अक्सिजनको स्तर ठिक छ भने आत्तिनुपर्ने स्थिति रहँदैन, उनले भने, ‘तर अक्सिजनको स्तर घटेको देखाएमा (९० प्रतिशत वा सोभन्दा कम) डाक्टरको सल्लाहमा अक्सिजनको प्रयोग गर्नुपर्ने वा अस्पताल भर्ना हुनुपर्ने हुन्छ ।’काेराे -ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।















