वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन को मत गणना भैरहेको छ। सबैको ध्यान अहिले काठमाडौं को मेयर को हुन्छ भन्नेमा नै केन्द्रित भैरहेको छ।
काठमाडौँमा अहिले धेरै उमेदवार मेयरमा भिडिरहेका छन् ।तर स्वतन्त्र उमेद्वार बालेन शाह, एमालेबाट केशव स्थापित र कांग्रेसबाट सृजना सिंहको भने निकै रोचक भिडन्त भइरहेको हामीले देख्न सक्छौं ।
आइतबार बिहान खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का रमेश खड्का र विजय फुयालले कागज नै गरेर बाजी राखेका हुन्।
बालेन शाह महानगर प्रमुखमा विजयी भए रमेशले २८ केजीको खसी विजयलाई दिने भएका छन्। बालेन शाह हारेमा विजयले २८ केजीको मूल्य भुक्तानी गर्ने कागज गरेका हुन्। उनीहरुले अन्य व्यक्तिको रोहवरमै कागज गरेको सुमन बास्तोलाले बताए।
अहिलेको ताजा परिणामले बालेन शाहले यसरी अग्रता लिइरहेका छन् ।
बालेनले आइतबार दिउँसो १२ बजेसम्म २६०१ मत प्राप्त गरेका छन् भने एमालेका केशव स्थापितले १४१५ मत प्राप्त गरेका छन्।















