धुलिखेल घर भएकी कान्छी तामाङ अहिले काठमाडौको नयाँ बस पार्कमा बस्दै आएकी छिन् ।उनले एउटा सहकारीमा पैसा जम्मा गर्दै आएकी थिइन् ।तर त्यस् सहकारीले उनले जम्मा गरेको लगायत अन्य थुप्रै व्यक्तिको पैसा हिनामिना गरेको छ ।
कान्छी तामाङको समेत पैसा हिनामिना भएपछि उनलाई घरबाट पतिले खुकुरी तेर्साएर पैसा नलिइ घर नआउनु भनेर खेदाएको गुनासो उनी गर्दछिन् ।आफ्नो साहुको बहिनीले उनलाई सहकारीले १८% ब्याज दिने भन्दै फकाएर पैसा राख्न लगाएको उनको भनाई छ।
विदेशबाट छोराले पठाएको पैसा समेत उनले राखेकी थिइन् ।करिब २० लाख भन्दा बढी पैसा आफुले सहकारीमा जम्मा गरेको बताएकी छिन् ।आफुले गएको ५ महिना भन्दा अगाडि चाहिँ ब्याज पाएको र ५ महिना देखि ब्याज न साउ केही नपाएपछि उनी निकै भौतारिएकी छिन् ।
यसरी निकै मानिसहरू सहकारीबाट ठगिएको भन्दै यतिबेला सहकारीको ढोका ढकढकाइ रहेका छन् ।
भिडियो हेर्नुस् :















