विगतका वर्षदेखि स्वतन्त्र उममेद्वारमा विभिन्न व्यक्तिले आ आफ्नो उमेद्वारी दि रहदा यो चोटि काठमाडौं को मेयरमा र्याप र बालेन साह उठी रहदा निकैनै निकै नै चासोको रुपमा हेरिएको छ।
बलेन भन्छन् ,”जिन्दगी भर केही दिन सम्झन लायक दिन हुन्छन् । त्यहि सम्झनलायक दिन मध्य अस्ति ललितपुर देखि किर्तिपुरको सम्पदा यात्रा नि रह्यो । घर-घर पुगेर हाम्रो संस्कृति हेर्ने बुझ्ने अनुपम यात्रामा धेरै कुरा अनुभव गर्न पाइयो । यस्तो यात्रा काठमाडौँले हरेक महिना गर्न सके धेरैले हाम्रो सम्पदा संस्कृति बुझ्ने, हेर्ने अनि अनुभव गर्ने मौका पाउने थिए ।”
भोट माग्दै व्यस्त रहेका बालेनका बारेमा उनसंग संगै पढेका साथीहरुपनी उनलाई सघाउदै हिडेका हामीले पायौं ।उनका साथी ललित श्रेष्ठ जो बालेनसंग इन्जिनियरिङ पढेका थिए उनी पनि बालेनको दृस्ठि र काठमाडौलाई बनाउने कुरामा सकारात्मक रहेको बताउँछन् ।
कलेज पढ्दा ताका बालेन भने राजनीतिमा त्यति अग्रसर रहने गर्दैन थिए ।उनी पछिल्लो स्थानीय तहको निर्वाचन पछि भने युवाले केही गरेर देशलाई दिनुपर्छ भन्ने मनसाय बोकेर हिडेको उनका साथीले बताए ।उनले देखेका सपना र काठमाडौवासीलाई चाहिएको जस्तो सरल जीवन दिन उनलाई जिताउनै पर्ने साथीले बताए ।
बालेनले अहिले सुरु हुन लागेको मतगणनामा आफुलाई आपत्ति भएपछि यस्तो लेखेका छन् :-
“मतगणना गर्दा पाँच जना स्वतन्त्र उम्मेदवारको एकजना प्रतिनिधी भन्ने कुरा आयो । सबै उम्मेदवार बराबर भनेर लोकतान्त्रिक पद्दतिको निर्वाचन भएको छ । उम्मेदवारी दिने समय होस् वा शुल्क वा प्रक्रिया, कतै पनि पार्टीगत उम्मेदवार र स्वतन्त्र उम्मेदवारको भिन्नता सोचिएको छैन । हरेकलाई हरेकसँग प्रतिष्पर्धी मानिएको छ । हरेकले पाउने प्रत्येक मतको ‘मतभार’ बराबर छ । यस्तोमा दलगत र स्वतन्त्र भनेर गणनामा किन फरक गर्न खोजिदैछ ?
स्वतन्त्रहरु आफैमा फरक फरक विचार, समूह र उम्मेदवार हुन् । उनीहरु आफै बिचमा प्रतिष्पर्धा हुन्छ । यस्तोमा पाँच जना स्वतन्त्र भनेर के आधारमा एकै डालोमा राखिएको हो ? कुन कुन विचारधारा वा सम्बन्धले पाँच जना स्वतन्त्र उम्मेदवारले एकजना मात्रै प्रतिनिधी छान्ने हो ? पाँचजनाले एकजना मात्रै प्रतिनिधिको छनौट गर्ने प्रकिया र बिधि के हो ? आयोगले सो किसिमको चुनावका लागि बनाएको कार्यबिधि कहाँ छ ? पक्कै पनि यसको लोकतान्त्रिक जवाफ छैन ।
यसैले, सामान्य प्राबिधिक कुराहरुमा सम्झौता नगर्न लोकतन्त्रसँग र आफ्नो प्रतिनिधि राख्न पाउने उम्मेदवारको अधिकारसँग खेलवाड नगरियोस् ।
५ जना स्वतन्त्रको एकजना साझा प्रतिनिधी भन्ने कुरा कानुनी, व्यवहारिक र लोकतन्त्रको कसीमा हदैसम्मको अन्यायपुर्ण छ र यो लोकतन्त्रको विरुद्धमा छ । यसले विवादको सिर्जना गरेर मतगणना नै शान्तिपुर्ण हुदैन कि भन्ने शंका उत्पन्न गराउँछ । यसप्रति निर्वाचन आयोग सजग बनोस् । र, हरेक स्वतन्त्र उम्मेदवारलाई पनि आफ्नो प्रतिनिधि मतगणनामा सामेल गर्न दिओस् ।
यसमा निर्वाचन आयोगको ध्यानाकर्षण र तत्काल कार्यान्वयनका लागि अपिल गर्दछु ।”
भिडियो हेर्नुस् :















