तपाईहरु पनि को-रोनाको खोप लगाउँन चाहनुहुन्छ ? अनलाईन फाराम भर्नुहोस्, यस्तो छ तरिका! सेयर गर्न नभुल्नुहोला

0
64
तपाईहरु पनि को-रोनाको खोप लगाउँन चाहनुहुन्छ ? अनलाईन फाराम भर्नुहोस्, यस्तो छ तरिका! सेयर गर्न नभुल्नुहोला

तपाईहरु पनि को’रोनाको खोप लगाउँन चाहनुहुन्छ ? अनलाईन फाराम भर्नुहोस्, यस्तो छ तरिका!  सरकारले को’रोनाको खोप लगाउन चाहनेका लागि अनलाइन फाराम भर्न अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन चाहने नागरिकलाई स्वैच्छिक फारम भर्न आग्रह गरेको हो।

स्वैच्छिक व्यक्तिगत दर्ता फारम भएको भन्दै मन्त्रालयले यो दर्ता फारम हालसम्म खोप नलगाएका १८ वर्ष र सो माथिका व्यक्तिहरूले भर्न सक्ने जनाएको छ। यो दर्ता फारमबाट प्राप्त विवरणले पालिका स्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्थापन गर्नका लागि सहज हुने मन्त्रालयले सूचनामार्फत जनाकारी दिएको छ।

‘नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आइसीएस बैठकको मिति २०७८/०१/२२ गतेको निर्णय र जिल्ला विपत व्यवस्थापन केन्द्र, काठमाडौंको मिति २०७८/०१/२५ गतेको निर्णय अनुसार दोस्रो चरणको को’भिड-१९ विरुद्धको खोप (भेरोसेल दोस्रो मात्रा) अभियान मिति २०७८/०२/०२ गते देखि सञ्चालन हुने भएको छ,’ वागमती स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जारी गरेको सूचनामा भनिएको छ।

यस अवधिमा १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरुलाई भेरोसेल दोस्रो मात्रा लगाउने कार्यक्रम छ। यसका लागि सम्बन्धित स्थानीय तहहरुलाई को’भिड-१९ विरुद्धको खोप अभियान कार्यक्रम संचालन निर्देशिका २०७७ बमोजिम जनस्वास्थ्यका मापदण्ड पालना हुने गरी खोप कार्यक्रम सञ्चालन गर्न स्वास्थ्यले आग्रह गरेको छ।

जेठ २ बाट ९ दिनसम्म चल्ने खोप अभियानमा एक लाख ५९ हजार ४ सय ९९ जनालाई खोप लगाउने लक्ष्य राखेको जनाइएको छ। फाराम भर्ने बित्तिकै खोप लगाउने सुनिश्चितता भने नहुने मन्त्रालयले स्पष्ट पारेको छ।

सेयर गर्न नभुल्नुहोला

फाराम भर्न यहाँ थिच्‍नुहोस्

यो पनि पढ्नुहोस

माटोबिनै तरकारी फलाएर नेपाली किसानले देखाए चमत्कार, भिडियोमा हेर्नुहोस् माटोबिनै गोलभेंडा, कांक्राेदेखि साग समेत फलाए हावा र पानीबाटै:-

माटोमा गरिँदै आएको खेती प्रणाली छोडेर रुपन्देहीमा आधुनिक पद्धतिमा तरकारी खेती शुरु भएको छ । तिलोत्तमा–३ विष्णुपुरामा खोलिएको लुम्बिनी हाइड्रोपोनिकले माटोविनै तरकारी खेती थालेको हो । झण्डै दुई वर्ष अघिदेखि सञ्चालनमा रहेको यस कृषि फार्मले हाइड्रोपोनिक प्रविधि अपनाएर साग लगायतका झालजन्य तरकारी खेती गरिरहेको छ ।

यस इजरायली प्रविधिमा बोटविरुवालाई माटोबाट प्राप्त हुने खाद्य तत्वहरु (नाइट्रोजन, पोटासियम र फस्फोरस) विद्युतिय प्रणालीमार्फत पानीमा घोलेर विरुवाको जरासम्म पुर्याउने गरिन्छ । जसले गर्दा विरुवा माटोविनै सप्रिन्छ । प्लास्टिक र जालीले घेरिएको फार्ममा नियन्त्रित (बोटविरुवालाई आवश्यक जति मात्र) तापक्रम बनाइन्छ । चारैतिर घेरिने भएकाले किराबाट सं,क्रमण हुन पाउँदैन ।

बाहिरबाट जालीमार्फत छिर्ने हावालाई बाहिर फाल्ने पंखा राखिन्छ । जसले गर्दा तापक्रम ३२ देखि ३५ डिग्रीभन्दा बढ्न पाउँदैन । लुम्बिनी हाइड्रोपोनिकले साग, करेला, बियाँ नहुने कांक्रो, क्याप्सीकम, गोलभेंडा लगायतका तरकारीको खेती गरिरहेको छ । यो प्रविधिबाट माटोबाट भन्दा दोब्बर उत्पादन लिन सकिने सञ्चालकको दाबी छ ।

झण्डै एक विघा क्षेत्रफल भाडामा लिएर खोलिएको यो फार्ममा हाल चार वटा ग्रीन हाउस र दुई वटा नेट हाउस बनाइएको छ । ओमानको एक होटलमा झण्डै १० वर्ष काम गरेर स्वदेश फर्किएका अर्घाखाँची डिभर्नाका ईश्वर पौडेलको यस योजनालाई उनका नातेदारले पनि साथ दिए र फार्म सञ्चालनमा आयो । हेर्नुहोस् भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here