काे-राेना सँग लड्नका निम्ति मनोबल बढाउने यस्ता १० व्यावहारिक उपायहरू, पढ्नुहाेस् र सक्दाे सेयर गर्नुहाेस् !

0
187

काे-राेना सँग लड्नका निम्ति मनोबल बढाउने यस्ता १० व्यावहारिक उपायहरू, पढ्नुहाेस् र सक्दाे सेयर गर्नुहाेस् ! कोरोनाको संक्रमणसँग लड्न शरीरमा रोग प्रतिरोधात्मक शक्ति आवश्यक पर्छ भने मानसिक वा मनोवैज्ञानिक रुपमा मनोबल (आत्मबल वा आत्मशक्ति) उच्च हुनुपर्छ । शरीरिक रुपमा स्वस्थ हुन र रोग प्रतिरोधात्मक क्षमता बढाउन सन्तुलित खानपिन, व्यायाम, पर्याप्त आराम र निन्द्राजस्ता कुरा आवश्यक पर्छन् । जसरी व्यक्तिको आआफ्नै शारीरिक क्षमता हुन्छ, त्यसैगरी प्रत्येक व्यक्तिको आआफ्नै मानसिक क्षमता हुन्छ । जसलाई साइकिक इनर्जी वा आत्मबल वा आत्मशक्ति पनि भनिन्छ ।

१) हौसला तथा प्रेरणा:- विपत्तिको समयमा हौसला र प्रेरणा अतिआवश्यक हुन्छ । घरपरिवार, आफन्त तथा साथीभाइको हौसला, प्रेरणा र आत्मीयताले विपत्तिसँग जु-झ्न उर्जाको काम गर्छ । विपत्तिको समयमा आफूलाई साथ दिने, आफ्नो भावना बुझ्ने तथा हौसला दिने व्यक्तिहरूसँग आफ्नो मनका भावनाहरू बाँड्ने गर्नुपर्छ । विपत्तिको वेला प्रेरणादायी भनाइ सुन्ने, किताब पढ्ने र चलचित्र वा भिडियो हेर्ने गर्नुपर्छ । आफूले आफैँलाई आत्मसुझाव दिएर पनि हौसला बढाउन सकिन्छ । जस्तैः “म ठिक छु,  स्वस्थ छु, ठिक हुँदै गएको छु ।” यस्ता शब्दहरू बारम्बार उच्चारण गरेर आत्म-सुझाव दिन सकिन्छ ।

२) आनन्दायक क्रियाकलाप:- को- रोनाको कहर र निषेधाज्ञाको समयमा आफ्नो रुचिका विषय र क्रियाकलापहरूमा धेरैभन्दा धेरै समय बिताउनुपर्छ । जस्तोः आफूलाई मनपर्ने किताब पढ्ने, चलचित्र हेर्ने, संगीत सुन्ने, लेख्ने, आफ्नो आस्था-विश्वासअनुसार धार्मिक कार्यमा भाग लिने, पूजापाठ गर्ने, चाडपर्व मनाउने, मनोरञ्जन आदि जस्ता विषयमा सक्रिय हुने । यसले गर्दा एक त समयको सदुपयोग हुने भयो, अर्कोतर्फ दैनिकीलाई सहज बनाउन सकियो । आफूले दैनिक गर्ने कार्यहरूलाई निरन्तरता दिने गर्नुपर्छ । नत्र खाली दिमाग सै-तानको घर हुन जान्छ ।

३) परिस्थितिप्रति सकारात्मक धारणा:- समय सधैँ एकैनास हुँदैन । अहिलेको समय कठिन भए पनि एक दिन अवश्य टरेर जान्छ । भागवत् गीतामा भनेझैँ– जे हुन्छ राम्रोकै लागि हुन्छ । त्यसैले आत्मविश्वास र धैर्यता कायम राख्नुपर्छ । मनोबल उच्च राख्दा आत्मविश्वास र धैर्यता दुवै बढेर जान्छ । काे-भिड संक्रमण भए पनि म-रि-न्छ नै भन्ने हुँदैन । को-रोनाको संक्रमणका कारण हुने मु- त्यदर अत्यन्त न्युन छ । रोग प्रतिरोधात्मक क्षमता र आत्मबलले संक्रमणलाई जित्न सकिन्छ भन्ने सोच बनाउनुपर्छ । रोग प्रतिरोधात्मक क्षमता र आत्मबल दुबैलाई आफैँले बढाउन सकिन्छ भन्ने कुरामा ख्याल गर्नुपर्छ ।

४) को- रोना सँग लड्न मानसिक रुपमा तयारि:- यस्ता प्राकृतिक विपत्ति भएकोले हाम्रो हातमा छैन । यो समस्या विश्वको नै साझा समस्या हो । यसकारण यसलाई स्वीकार गर्नुको विकल्प छैन । कथंकदाचित् संक्रमण भएको खण्डमा पनि यसलाई सामना गर्छु भन्ने मनस्थिति बनाउनुपर्छ । जस्तो पर्छ त्यस्तै टर्छ होइन कि मानसिक रुपमा तयार भएर बस्नुपर्छ । यसले हामीलाई संक्रमणसँग जु-झ्न सहज बनाउछ । को- रोनाको ड -र, चिन्ता, भय कम भएर जान्छ ।

५) मनोसामाजिक सहयोग:- विपत्तिको बेला विभिन्न किसिमका मनोसामाजिक तथा मानसिक रोगको जोखिम बढेर जान्छ । लामो समय सम्मको मनोवैज्ञानिक तनाव, मनोसामाजिक समस्या वा मानसिक रोगले व्यक्तिको आत्मबल र आत्मविश्वासलाई कमजोर बनाउन सक्छ । यस्तो अवस्थामा भौतिक सहयोग मात्र पर्याप्त हुँदैन । मनोवैज्ञानिक वा मनोसामाजिक सहयोगको पनि जरुरत पर्दछ । यस्तो बेला विज्ञको सहयोग चाहिन्छ । मानसिक रुपमा स्वस्थ व्यक्तिमा मात्र आत्मबल र आत्मविश्वास राम्रो हुन्छ ।

६) तनावको व्यवस्थापन:- तनावले शारीरिक तथा मानसिक रुपमा सि-थिल बनाउँछ । विपत्तिका बेला त-नाव बढ्ने नै भयो । नियमित रुपमा योग-ध्यान, व्यायाम गर्ने, गहिरो श्वास-प्रश्वासका अभ्यासहरू गर्ने, शुद्ध सन्तुलित भोजन गर्ने, पर्याप्त मात्रामा सुत्ने र आराम गर्ने गर्नुपर्छ । जसले त-नाव कम गर्न मद्दत पु-राउछ । ध्यानले मनलाई शान्त राख्न सहयोग गर्छ ।

७) सुरक्षाका उपाय अपनाउनुपर्छ:- को- रोनाको संक्रमणबाट बच्न सुरक्षाका उपायहरू कडाइका साथ अवलम्बन गर्नुपर्छ । भीडभाडमा नजाने, मास्कको प्रयोग गर्ने र बारम्बार साबुन–पानीले हात धुने । यसो गर्दा संक्रमित हुनबाट जोगाउने नै भयो । साथै मानसिक रुपमा पनि आफू सुरक्षित छु भन्ने कुरामा मन ढुक्क हुन्छ । आत्मबल उच्च हुन्छ ।

८) सकारात्मक जीवनशैली:- को- रोनाको संक्रमण र निषेधाज्ञाले गर्दा अहिले व्यक्तिको जिवनशैलीमा समेत पहिलाको भन्दा परिवर्तन आएको छ । त- नावको बेला व्यक्तिले कि त सकारात्मक व्यवहार देखाउँछ कि नकारात्मक व्यवहार देखाउँछ । सकारात्मक जीवन शैली अपनाएको खण्डमा व्यक्ति चाडै पुर्ब अबस्थामा फर्कन सक्छ। आत्मबल पहिला जस्तै उच्च हुन्छ । तर नकारात्मक जीवन शैलीले भने समस्या जटिल हुदै जान्छ । विभिन्न किसिमका मनोसामाजिक तथा मानसिक रोगको समस्या देखापर्न सक्छ।

९) सत्यतथ्य सूचना र जानकारी:- विपत्तिको समयमा अनेक किसिमका अफवाह फैलिन सक्छन् । त-नावको वेला हाम्रो निर्णय लिने, समस्यालाई बुझ्ने क्षमतामा पनि कमी आउँछ । हामी भावनामा बग्न सक्छौँ । यस्तो अवस्थामा हामीले तथ्यपरक रुपमा सोच्ने र समस्यालाई बुझ्ने गर्नुपर्छ । विषयवस्तु र घटनालाई हेर्ने दृष्टिकोण सही बनाउनुपर्छ । यस अवस्थामा आधिकारिक सूचना तथा समाचार मात्र हेर्ने गर्नुपर्छ । समाचारहरू बारम्बार हेर्ने र सुन्ने गर्नु पनि हुँदैन । यस्ता समाचारहरू दिनमा १-२ पटकभन्दा बढी नहेरेकै राम्रो हो । दुःखद समचारहरू हेर्दा र सुन्दा पनि हामीमा बेचैनी, निराशा, छट्पटी बढेर आउँछ, मन दुःखी हुन्छ, त- नाव बढ्छ जसले मानसिक आ- घात हुन पनि सक्छ ।

१०) सीप, तालिम र शिक्षा:- कुनै पनि विषयमा आवश्यक सीप, तालिम र शिक्षा पाउँदा आत्मविश्वास तथा आत्मबल अवश्य  बढ्छ नै । को- रोनाको संक्रमणको बेला मनोसामाजिक स्वास्थ्यका विषयमा मनोशिक्षा, स्व हेरचाहका विषयमा जानकारी तथा सरसफाइलगायत अन्य विषयको तालिमले आत्मबल बढाउन मद्दत गर्छ ।

काेराे-ना भा- ईरस ( काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ अनिबार्य रुप मा माक्स को प्रयोग गरौं साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ सल्लाह सुझाव को लागि हामिलाई कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।। तपाइको एक सेयरले थाहा नपाएकाले जानकारी पाउनेछन भने हामीलाई पनि सहयोग पुग्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here