राष्ट्रिय प्रजातन्त्र पार्टी पन्चायत समर्थकले बहुदलमा जन्माएर दरबारको छत्रछायामा हुर्कायको दल हो । पन्चायत समर्थकले कुनै कारण बहस राजसस्था ढलेपनी गणतान्त्रिक राज्यब्यबस्था त्यो पार्टीलाई टिकाइ राखेर यहाँसम्म ल्याउने जोगाउने ब्यक्ति कमल थापा हुन। थापा आफैले गरायको महाअधिबेशन जित्न नसकेपछि कति अधैर्य र अत्तालियको घमण्डको राजनीतिक।जिन्ना र सावरकर जस्तै राजनीतिक सिद्धान्त र व्यवहार पटक्कै मेल नखाने कमल थापाको मिल्ने एउटै कुरा छ– धर्मको आडमा चरम अवसरवादी राजनीति।
छिरिङ तेन्जिङ शेर्पाको बौद्धस्थित घरमा राप्रपा थापा र पशुपतिशमशेर राणाको महाराजगञ्जस्थित घरमा राप्रपा चन्दको घोषणा गरियो। ‘नेताहरूको महत्वाकांक्षाले त्यस समयमा एउटा शक्तिशाली दल गठन हुन सकेन,’ राप्रपा केन्द्रीय सदस्य भरत पाठकले भने, ‘यसले त्यस समयमा कांग्रेसलाई फाइदा भयो। पञ्चायतमा काम गरेकामध्ये धेरै कांग्रेसमा प्रवेश गरे।’ आन्दोलनको समयमा प्रतिकार समितिका नेतृत्व गरेका पर्शुराम चौधरीसहित धेरै नेता कांग्रेसमा प्रवेश गरे जो ‘चैते कांग्रेस’ भनेर चिनिन्थ्यो
०६२/६३ को जनआन्दोलनसँगै पतन भएको राजतन्त्र फेरि स्थापित गर्ने एजेण्डाका साथ राजनीतिमा होमिएका कमल थापा अन्ततः सोही एजेण्डा छाड्ने बिन्दुमा पुगेका छन् । गत मङ्सिर १९ गते सम्पन्न पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका थापाले आफूलाई हराउन पूर्वराजा ज्ञानेन्द्र शाह (निर्मल निवास) र उनका सहयोगीहरूले भूमिका खेलेको जिकिर गर्दै आएका थिए भने सो सम्बन्धमा पार्टीभित्र छलफल हुनुपर्ने थापाको एक सूत्रीय माग थियो । पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेप भएको आरोप लगाएका उनले २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार पाएको बताएका थिए । यसका लागि उनले पूर्वराजा ज्ञानेन्द्रलाई ‘धन्यवाद भन्दै कटाक्ष गरेका थिए । राजतन्त्रको एजेण्डाको मूल संवाहकलाई राजाले राजनीतिक रूपमा समाप्त पार्न खोजेको बताउँदै थापाको कटाक्ष थियो, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’ थापाले त्यसपछि निरन्तर रूपमा निर्मल निवासको आलोचना गर्दै आएका थिए ।
देशको ठूलो भोट ब्यांक हिन्दू जनमतलाई थापाको राप्रपा जति निर्वाचन आयोगमा दर्ता हिन्दू नामधारी कुनै पनि दलले आजसम्म ‘क्यास’ गर्न सकेका छैनन्।किनभने उनी भाजपाकी उमा भारती वा महन्त आदित्यनाथ झैं थापा गेरुबस्त्रधारी होइनन्। उनले हिन्दू धर्मका बारेमा प्रवचन वा व्याख्यान दिएको पनि सुन्न पाइँदैन। बराह क्षेत्रको कुम्भस्नानका बेला थापाको शरीरमा जनैसम्म पनि देखिएन।”कमल थापा हिन्दूत्वको भाष्यको जगमा अवसरवादिता भजाइरहेका छन्। मधेशी पहिचानवादी दलहरूमध्येको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का विजय गच्छदार पनि थापा झैं सत्ताका सदावहार साझेदार बन्दै आएका छन्। अर्थात्, राजनीतिमा कसरी पोलिटिक्स मिसिंदो रहेछ भन्ने प्रश्नको उत्तर तपाईंले पनि विद्वान राजनीतिक मनोविज्ञ नन्दीको विश्लेषण र दृष्टान्तमा भेट्नु भयो कि?
अब के गर्लान् कमल थापा ?
थापाले आफू निकटस्थ नेताहरूसँग समेत पार्टी छाड्नुअघि पर्याप्त छलफल नगरेको बताइएको थियो तर गत महाधिवेशनमा थापा प्यानलबाट चुनाव लडेका उपाध्यक्ष बुद्धिमान तामाङले पार्टी छाड्नुअघि आफूसँग थापाले कुनै सल्लाह नगरेको जिकिर गरेका हुन। ‘हामी मिलाउनै लागिपरेका थियौँ । तर एकाएक अप्रत्याशित रूपमा राजीनामा आयो’, उनले भने। यस्तै थापा निकट नै मानिने महामन्त्री भुवन पाठकले थापाले नयाँ पार्टी खोले आफूले नसघाउने स्पष्ट पारे । ३१ वर्ष बिताएको पार्टीलाई आफूले नछाड्ने उनको भनाइ थियो ।
निर्मल निवाससँग किन बिग्रियो थापाको सम्बन्ध ?
निर्मल निवासले कमल थापालाई आफ्नो योजनाअनुसार काम गरिदिओस् भन्ने चाहना राखेको थियो । तर, थापाले त्यसअनुसार काम गरेनन् बरु आफ्नो स्वार्थपूर्तिका लागि एजेण्डाको बेचेको बुझाइ निर्मल निवासमा रह्यो । निर्मल निवास र थापाबीच महाधिवेशनअघि थप दूरी बढ्न पुग्यो । थापा निकट स्रोतका अनुसार महाधिवेशनअघि थापा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच लामो छलफल भएको थियो । सो छलफलमा पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र र हिन्दु राष्ट्रको पक्षमा जनतामा आकर्षण बढ्दै गइरहेको भन्दै अब राप्रपाले सडक आन्दोलन र विद्रोहको तयारी गर्नुपर्ने धारणा राखेका थिए । तर, थापाले भने त्यसरी सडकमा जुलुस निकालेर मात्रै राजतन्त्र फर्कन नसक्ने धारणा राखेका थिए ।
२६ फागुनमा संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापा राष्ट्र्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रपति भवन शीतलनिवासमा शपथ लिंदै थिय ।नेपालमा बेलाबखत राजनीतिमा पोलिटिक्स घुसिरहन्छ, जसलाई सामान्यजनको त कुरै छाडौं राजनीतिक पण्डितहरूलाई समेत अर्थ्याउन कठिन पर्न सक्छ। राजनीतिमा कसरी पोलिटिक्स घुस्दोरहेछ, भर्खरैको एउटा राजनीतिक घटनाक्रम हेरे काफी हुन्छ।
अर्को रमाइलो संघीयताका विरोधी थापाले मन्त्रालय छाडी स्थानीय विकास एवं संघीय मन्त्रालय नै रोजेका छन्। सत्तारोहण सँगै ‘नेपालको संघीयता दक्षिणएशियामै उत्कृष्ट’ भन्दै स्थानीय निर्वाचन सफल बनाउन सबैमा आह्वान पनि गरेका थिय।
जसलाई हिन्दूत्व र राजसंस्थाको राजनीतिक भाष्यको रट लगाउने थापालगायतका पूर्वपञ्चहरू भन्दा पनि आफूलाई बीपी कोइराला, गणेशमानसिंह र कृष्णप्रसाद भट्टराईका सच्चा अनुयायी ठान्ने प्रकाश कोइराला, पीएल सिंह, देवेन्द्र नेपालीलगायतका कांग्रेसजन मार्ग निर्देशक दस्तावेज बताउँदै आएका छन्। तर यी बागी कांग्रेसजनका आस्थाको ठीक विपरीत थापाले भने असोज २०७२ मा संविधान जारी भएयता आफूलाई संविधानका प्रखर हिमायतीका रूपमा प्रस्तुत गर्दै आएका छन्। पूर्ववर्ती केपी ओली सरकारका परराष्ट्र मन्त्रीको हैसियतमा थापाले अन्तर्राष्ट्रिय समुदायमाझ नयाँ संविधानको विशिष्टताको व्याख्यानमा कुनै कन्जुस्याइँ गरेनन् पनि, भलै उनी संविधानको मुख्य आधारशिला गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विरोधी नै किन नहुन्।
सन् १९२३ मा ‘हिन्दूत्व’ को दर्शनमार्फत सावरकरले हिन्दूशासित राज्यको कल्पना गरिसकेका थिए, जसलाई हिन्दूवादी दक्षिणपन्थी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र उसको राजनीतिक घटक भारतीय जनता पार्टीले आफ्नो मार्गनिर्देशक सिद्धान्त बनाएको छ। उता, इस्लामिक भाष्यका आधारमा जिन्ना छुट्टै राष्ट्र पाकिस्तान निर्माण गर्न सफल बने।
नन्दीले हिन्दूत्वका भाष्यकार सावरकर र इस्लामिक राष्ट्र पाकिस्तानका पिता (कायदे आजम) जिन्नाबारे उजागर गर्दै आएका रोचक तथ्य चाहिं सार्वजनिक खपत विपरीतका व्यक्तिगत सोच र व्यवहार हुन्। नन्दीको मत अनुसार सावरकर र जिन्ना दुवै पश्चिमी जीवनशैलीबाट पल्लवित नास्तिक थिए । सावरकर त कुन हदसम्मको नास्तिक थिए भने उनी गाईलाई पवित्र मानिनुका पछाडि कुनै तूक नरहेको बताउँथे। यतिसम्म कि, आफ्नी पत्नीको अत्येष्टिमा समेत हिन्दू विधि अपनाउन अस्वीकार गरे। उता, चेन स्मोकर र बलरुम डान्सका सौखिन जिन्नाको जीवनशैली कुनै मुल्लाह वा शेखको जस्तो नरहेर अभिजात्य युरोपेलीको जस्तै थियो।
कमल थापा हार्नुको कारण :
“थापालाई लामो समयदेखि साथ दिएका लिङ्देनको गत आमनिर्वाचनपछि देखिनै फाटो आएको थियो । लिङ्देन निकट नेताहरुले थापाले थ्रेट महसुश गरेर तल्लो तहमा जनमत भएका नेताहरु लिङदेन र धवललाई किनारा पार्न खोज्नु ।
१) आफू ३० वर्षमा नै मन्त्रि भएर ५६ वर्ष पुगेका लिङ्देनलाई अपरिपक्व ठान्नु ।
२) धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताविरोधी पार्टीले जनमतबाट आफूलाई प्रमाणित गर्न नसक्नु ।
३) बाहिरका संघसंस्थाहरुलाई समेत विश्वास दिलाउन नसक्नु ।
४) २०७० साल दोस्रो संविधानसभा जति जनमत प्राप्त भएको थियो । त्यसलाई पनि जोगाएर राख्न नसक्नु ।
५)सक्रिय राजतन्त्र नभइ सबैको संरक्षकको रुपमा रहने गरी संवैधानिक राजतन्त्र हुनपर्छ, भन्ने थापाको विचार हुनु ।
६) पार्टीभित्र आफ्ना पक्षका सबै कार्यकर्तालाई सन्तुष्ट बनाउन नसक्नु ।
)निर्मल निवासलाई रुझाउन नसक्नु ।
८) थापालाई हराउन थापापक्षधर नै लागि पर्नुु ।
९)शमशेरको समर्थन ढिला पाउनु ”
थापाको ‘हिन्दूत्व’ जिन्ना जस्तै कमल थापाको व्यक्तित्व एक शिक्षित अभिजात्य वर्गको हो। थापाको राजनीतिक विगत पञ्चायतको विद्यार्थी घटक राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको हो, जुन संगठन कुनै मूलमा परेको सन्तान झैं सत्ताको पुल्पुल्याइका कारण आफ्नो जन्मको केही वर्षभित्रै वितण्डाकारी मण्डलेबाट बदनाम हुन पुग्यो।
थापाको अर्को पृष्ठभूमि खेलाडीको हो। फूटबल र टेनिसका राम्रा खेलाडी उनी अहिले पनि खेलकुद गतिविधिमार्फत आफूलाई शारीरिक रूपमा चुस्त राख्छन्। तर, पञ्चायतका एक से एक खेलाडी रूपान्तरित व्यवस्थामा असान्दर्भिक हुँदै मैदान छाडिरहेका बखत उनी आफ्ना भाष्यका विपरीत पनि सत्ता–गठबन्धनका सदावहार खेलाडी बन्न सफल देखिन्छन्।
राजसंस्थाको पुनर्स्थापनालाई सिद्धान्ततः स्वीकारे पनि उसले यसलाई जगेडा चक्का (स्पेयर टायर) झैं परिआएको बखत मात्र प्रयोग गर्ने गरेको छ। उता, संघीयताको अरिङ्गाले गोलामा ढुङ्गा फ्यालेर ‘प्रतिगामी’ मा दरिनुपर्ने भयका कारण उसले संघीयताविरुद्ध चर्को कुरा गरिरहनुपर्ने न आँट गरेको छ, न आवश्यकता महसूस नै।
देशको ठूलो भोट ब्यांक हिन्दू जनमतलाई थापाको राप्रपा जति निर्वाचन आयोगमा दर्ता हिन्दू नामधारी कुनै पनि दलले आजसम्म ‘क्यास’ गर्न सकेका छैनन् उनी भाजपाकी उमा भारती वा महन्त आदित्यनाथ झैं थापा गेरुबस्त्रधारी होइनन्। उनले हिन्दू धर्मका बारेमा प्रवचन वा व्याख्यान दिएको पनि सुन्न पाइँदैन। बराह क्षेत्रको कुम्भस्नानका बेला थापाको शरीरमा जनैसम्म पनि देखिएन।
हिन्दूत्वको नाममा भोट माग्ने थापा र उनका राजनीतिक मण्डलीले महाभूकम्पपछि सोत्तर हिन्दू मन्दिरहरूको पुनःनिर्माणको नेतृत्व लिएको वा सहयोग पुर्याएको पनि सुनिएन हिन्दू धर्मभीरुहरूकै ढल मिसिएर दूषित बनेकी पतितपावनी वागमतीको सरसफाइमा पनि राप्रपाको अग्रसरता देखिंदैन। तैपनि मुलुकको हिन्दू जनमतलाई सबैभन्दा तरङ्गित थापाले नै गर्दै आएका छन्। र, त्यही मतको आधारमै राप्रपाले सरकार बनाउने र गिराउनेसम्मको हैसियत राखेको छ।
थापाको राजनीतिमा धर्मको उपयोगितालाई लिएर भर्खरै पार्टी त्यागेका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले विज्ञप्तिमार्फत भने, ‘राजसंस्था र हिन्दू धर्मप्रतिको भावनात्मक समर्थनलाई सत्ता स्वार्थको लागि प्रयोग गरिंदैछ।’ कमल थापा हिन्दूत्वको भाष्यको जगमा अवसरवादिता भजाइरहेका छन्।
मधेशी पहिचानवादी दलहरूमध्येको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का विजय गच्छदार पनि थापा झैं सत्ताका सदावहार साझेदार बन्दै आएका छन्।
अर्थात्, राजनीतिमा कसरी पोलिटिक्स मिसिंदो रहेछ भन्ने प्रश्नको उत्तर तपाईंले पनि विद्वान राजनीतिक मनोविज्ञ नन्दीको विश्लेषण र दृष्टान्तमा भेट्नु भयो कि? एक जमानामा जुन बेला म बुझ्ने भयदेखी मलाइ कमल थापा भन्ने बित्तिकै खुब मनपर्ने उहाको बिचारले सकारात्मक तरिकाले सम्बोधन गरिन्थ्यो पनि । यत्ती धेरै ठुला पार्टीको जनसंख्यामा पनि आफ्नो बिचार प्रस्तुत गर्दा जनपृय हुन पुगेका थापा आफैले गरायको महाअधिबेशनमा आफू पराजित भयपछि एमालेका पार्टी अध्यक्ष केपी ओलि सङ्ग सम्झौता गरेर अगाडि बढने कुरा गर्दा बहुदलीय जनबाद जिन्दावाद भन्दै एमालेमा प्रबेश गरिसके थापा ज्यु अबसरबादी नै हुन। नेताहरुबीच बुधवार भएको छलफलपछि ५ बुँदे सहमतिमा हस्ताक्षर भएको छ । सहमति अनुसार राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरू राप्रपा नेपालमै आबद्ध रहने छन् ।
त्यस्तै राप्रपा नेपालले उम्मेदवार नदिएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ । बुधवार छलफलपछि ५ बुँदे सहमतिमा हस्ताक्षर भएको थियो सहमति अनुसार राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरू राप्रपा नेपालमै आबद्ध रहन छन् ।














