गायीका मेलिना राईले प्रेमी सञ्जिनसंग गरिन इंगेजमन्ट, भन्छिन् यै वर्ष बिबाह हुन्छ, हेर्नुहोस भिडियो

0
2

गायीका मेलिना राईले प्रेमी सञ्जिनसंग गरिन इंगेजमन्ट गरेकी छिन्। नेपाली सांगीतिक क्षेत्रमा नाम चलेकी नायिका हुन् मेलिना राई। उनका गीत प्राय सबै हिट नै हुने गर्दछन्।

संजीव एक चर्चित गितारिस्ट साथै कम्पोजर हुन। उनीहरू विगत ५ वर्षदेखि सम्बन्ध मा रहेका थिए। २ वर्ष अघि नै इन्गेजमेन्ट गरेका थिए।

मेलिना जहिले पनि सिंगल नै छु भन्दै अन्तर्वार्ता मा भनिरहँदा एक्कासी आफैले सो कुरा खुलाएकी हुन। हेर्नुस रोचक भिडियो

यो पनि पढ्नुहोस् : काठमाडौं :

गायिका मेलिना राईले आफ्नो प्रेमी सार्वजनिक गरेकी छन्। शुक्रबार उनले फेसबुकमार्फत ‘हुनेवाला पति’ भन्दै प्रेमीसँगको तस्बिर सार्वजनिक गरेकी हुन्। उनले ‘नयाँ सुरुवात’ भन्दै प्रेमी सञ्जीव बराइलीसँगको तस्बिर सार्वजनिक गरेकी छन्।

सञ्जीवलाई ट्याग गरिएको सो पोस्टमा मेलिनाले ‘टु बी हजबेन्ड’ भन्दै ह्यासट्याग पनि राखेकी छन्। सञ्जिब नेपालका सर्वाधिक चर्चित र व्यस्त गिटारिस्ट तथा कम्पोजर हुन्। बिर्तामोड घर भएका सञ्जिब लामो समयदेखि काठमाडौंमा बस्दै आएका हुन्।

सञ्जीव नेपालका चर्चित गिटारिस्ट हुन्। म्युजिक अरेन्जरसमेत रहेका सञ्जीवसँग मेलिनाले यसैवर्ष विवाह गर्ने योजना बनाएकी छन्। ‘कम्मरमाथि पटुकी’ को लोकप्रियतासँगै मेलिना राईले आधुनिक गीतभन्दा चलचित्रको पाश्र्व गायनका लागि बढि समय छुट्याउनुपर्ने भयो ।

कम्मरमाथि पटुकी… अघि नै मेलिनाले पुन्टे परेड, नाइके, तमसजस्ता चलचित्रमा गीत गाइसकेकी थिइन् तर उक्त गीतको लोकप्रियतापछि मेलिना त्यसपछि निर्माण भएका अधिकांश चलचित्रमा सुनिन थालिन् । त्यही क्रममा वसन्त सापकोटाले नै उनलाई अर्को एउटा लोकप्रिय गीत गाउने मौका दिए ।

उनले एक दर्जनभन्दा बढी देशको भ्रमणसमेत गरिसकेकी छिन् । डेढ वर्षअघि पहिलो पटक युरोप टुरमा गएकी मेलिनाले त्यति बेला बेल्जियम, स्विट्जरल्यान्ड, नेदरल्यान्ड तथा जर्मनीमा आफ्ना गीतहरू प्रस्तुत गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here