कैलालीमा अर्जुन दासको विभ”त्स ह”त्या गरी फ’रार रहेका प्रतिवादिहरु प”क्राउ…

0
5

मिति २०७८।०९।०३ गते जिल्ला कैलाली, जानकी गा.पा.वडा नं.-९ अमरावती सामुदायिक वन-जंगलमा ऐ.स्थायी ठेगाना भएका वर्ष २५ को अर्जुन दासलाई मोवाईल चोरी गरेको आ”रोपमा मनोज भण्डारी समेतका साथीहरूको समूहले लागुऔषध (Nitravet-10) सेवन गरी कु”टपिट गर्दै घाईते बनाई साजको रूखमा बाधी खुकुरी प्रयोग गरी घाँ”टी छि”नाली विभ”त्स ह”त्या गरी फरार रहेका मनोज भण्डारी समेत ४ (चार) जना व्यक्तिहरूलाई जिल्ला रुपन्देही, सिदार्थ न.पा.वडा नं.०१ बेलहिया सिमानाकाबाट

गोप्य सूचनाको आधारमा यस अ”पराध महाशाखाबाट खटिएको विशेष अनुसन्धान टोलीले मिति २०७९।०१।०१ गते प”क्राउ गरी जिल्ला प्र”हरी कार्यालय, कैलालीमा निजहरू विरुद्ध कर्तव्य ज्या”न कसुरमा मुद्दा दर्ता रहेकोले थप अनुन्धान तथा कारवाहीको लागि मिति २०७९।०१।०२ गते जिल्ला प्र”हरी कार्यालय, कैलाली पठाईएको र सो सम्बन्धमा थप अनुसन्धान जारी रहेको । प”क्राउ व्यक्तिहरू: १.नाम : सुमित साउद , उमेर : १९ वर्ष , ठेगाना : जानकी-०९, कैलाली।

२.नाम : बमे भन्ने बम बहादुर बोहोरा , उमेर : १९ वर्ष , ठेगाना : जानकी-०९, कैलाली , ३. नाम : रोनी परियार भन्ने दिलिप दास , उमेर : १९ वर्ष , ठेगाना : जानकी-०९, कैलाली , ४.नाम : मनोज भण्डारी , उमेर : १९ वर्ष , ठेगाना : जानकी-०९, कैलाली।

अनुसन्धानको क्रममा खुल्न आएको कुराहरूः
•घ”टना हुन भन्दा ३ दिन अगाडी कमल साउदको मोबाईल फोन हराएको विषयलाई लिई निजले सुमित साउदलाई शंका गरी कु”टपिट गरेको । •सुमित साउद पिटिएको विषयमा मनोज भण्डारी र बम बहादुर बोहोरा समेतले कमल साउदको अं.रू.२५ हजार बराबरको लागु”औषध Nitravet-10 चो”री गरी जंगलमा लुकाएको । •अर्जुन दासले मोवाईल चो”री हर्के भाटलाई दिएको कुरा सुमित साउदले पत्ता लगाई उक्त मोवाईल कमल साउदलाई फिर्ता दिएको ।

कमल साउदको मोवाईल चो”री गरेको र सुमित साउदलाई कु”टपिट गरेको विषयमा मुख्य दो”षी अर्जुन दास हो भनि मनोज भण्डारी, सुमित साउद, बम बहादुर बोहोरा, शुशिल मयाल, दिलिप दास, बादल वि.क., करण दर्नाल समेतले अर्जुन दासलाई कुटपिट गर्ने योजना बनाएको । मिति २०७८।०९।०२ गते बेलुका अं.१८:०० बजे मृतक अर्जुन दास र निजका साथिहरू लागुऔषध सेवन गर्न उक्त सामुदायिक वनमा भेला भएका ।

सबैजनाले लागुऔ”षधको सेवन गरे पश्चात: कमल साउदको चो”री भएको मोवाईल र सुमित साउदलाई कु”टपिट गरेको विषयमा मृ”तक अर्जुन दासलाई दोषी देखाई सवैजना मिलेर कु”टपिट गरी हातखुट्टा बाधी राखेको । •मृ”तक अर्जुन दासलाई हातखुट्टा बाधी ४/५ घण्टा राखे पश्चात: सवैजनाको मार्ने योजना अनुसार शुशिल मयालले खुकुरी उपलब्ध गराई आफू घर फर्केको । अं. राति २३:०० बजे मनोज भण्डारी लगायतका समूहले मृ”तक अर्जुन दासलाई साजको रूखमा हातखुट्टा बाधी खुकुरी प्रयोग गरी घाँ”टी छि”नाली विभ””त्स ह”त्या गरी टाउको २ फीट टाढा राखी सवैजनाले लागुऔषध सेवन गरी रातभरी घटनास्थलमा नै बसेको । ‘

•मिति २०७८।०९।०३ गते विहान ०५:०० बजे मनोज भण्डारी, बादल वि.क., दिलिप दास, बमे बोहोरा, सुमित साउद र विवेक सिंह भारतको दिल्ली तर्फ लागेको र कनकलाल वि.क.,
करण दर्नाल, शुशिल मयाल र नाम थर वतन नखुलेको शुशिल मयालको साथी कैलाली मै लुकी बसेको । •सुमित साउद, मनोज भण्डारी, दिलिप दास र बमे बोहोरा भारतका विभिन्न स्थानमा बस्दै आएकोमा हाल काम खोज्दै जिल्ला रुपन्देही, सिदार्थ न.पा.वडा नं.०१ बेलहिया बोडरबाट मिति २०७९।०१।०१ गते १६:१५ बजे पक्राउ गरेको । :महानगरीय अपराध महाशाखा बाट साभार समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here