टिप्परभित्रै क”रेन्ट लागेर चालकको मृ”त्यु , कामदार को भागाभाग श्रीमती बे”होस (हेर्नुस् भिडियो)

0
5

ट्रीपर भित्रै क”रेन्ट लागेर चालक खरानि कामदार को भागाभाग श्रीमती बे”होस परिवारको रुवा”बासि। पुरा जानकारीको लागि भिडियो हेरेर थाहा पाउनुहोस।

अन्य समाचार : काठमाडौ । काठमाडौ उपत्यकामा मुद्दाको चाप धेरै भएपछि प्रहरी परिसर काठमाडौंमा अब दुई जना प्रहरी उपरीक्षक (एसपी) रहने भएका छन्। प्रहरी प्रधान कार्यालयले यस अघि मुद्दा धेरै भएका जिल्लामा दुई एसपी राख्दै आएको थियो । महानगरीय प्रहरी परिसर काठमाडौंमा मुद्दा हेर्नेगरी प्रहरी उपरीक्षक (एसपी) लाई खटाउने निर्णय गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शुक्रबार परिसर काठमाडौंमा एसपी सानुराम भट्टराईलाई काज सरुवा गरेका हुन् । मुद्दाको चापका कारण अनुसन्धान र अभियोजन प्रणाली त्रुटिरहित बनाउन छानविन समितिले गरेको सिफारिसका आधारमा एसपी खटाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसअघि एसपी दिनेशराज मैनाली त्यहाँ कार्यरत थिए। तर मुद्दाको चाप बढी हुने र अप्रेशनको काम पनि धेरै हुने भएकाले एक जना एसपीले मात्रै हेर्न नभ्याउने भएकाले दुई जना एसपी राख्न लागिएको हो।

यसअघि चाप बढी भएका तराईका जिल्लामा पनि दुई जना डीएसपी खटाइँदै आएको छ। विराटनगर पर्सा लगायत तराईका जिल्लामा दुई जना डीएसपी कार्यरत छन्।

काठमाडौं परिसरमा दुई जना एसपी आवश्यक भएको यसअघि नै गठित एक छानबिन समितिले पनि सिफारिस गरेको थियो। सो सिफारिसअनुसार थप दुईजना डिएसपी राख्नुपर्ने भएपनि प्रहरी प्रधान कार्यालयले गृहमन्त्रीको आदेशमा एसपी भट्टराईलाई मात्र काठमाडौंमा काज सरुवा गरेको छ । भट्टराई यसअघि महानगरीय दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत थिए । उनको ठाउँमा एसपी प्रजित केसीलाई सरुवा गरिएको छ ।

झापाको इन्चार्जबाट दंगा नियन्त्रण गणमा सरुवा भएका भट्टराईलाई गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जुले भाइटिका लगाउने गरेको चर्चा प्रहरी वृत्तमा छ । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा भट्टराईले बारा र झापा जिल्ला चलाएका थिए । अपहरणमा संलग्न रहेको अभियोगमा दुर्गाबहादुर बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको थियो। तर उनीविरुद्ध प्रमाण जुटाउन नसक्दा बुढाथोकी छुटेका थिए।

प्रहरीको कमजोरीका कारण अभियुक्त छुटेपछि महानगरीय प्रहरी कार्यालयले एसएसपी चक्रबहादुर सिंहको नेतृत्वमा छानबिन समिति बनाएको थियो। उक्त समितिले एक जना मात्रै एसपी हुँदा सबै हेर्न नभ्याएको भन्दै अर्को एसपी पठाउन सिफारिस गरेको थियो।

यस विषयमा जिल्ला अदालत काठमाडौंको फैसला पनि केही दिनअघि आएको छ। फैसलामा पनि अदालत नभई प्रहरीले नै प्रमाण जुटाउनु पर्ने विषय उल्लेख छ। फैसलामा प्रहरीको कमजोरीकै कारण अभियुक्त छुटेको देखाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here