बडिगाड गाउँपालिकाका समाज सेवि राजन पाईजा अध्यक्ष बन्दै

0
4

बागलुङ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पदका आकाक्षींहरुले उम्मेदवारी दिने क्रम पनि बढिरहेको छ । पश्चिम बाग्लुङको बडिगाड गाउँपालिकामा अझैसम्म यहाँ रहेका दलहरुले केही वडा तहका उम्मेदवारहरुको टुगों लगाएका छन् तर अध्यक्ष पदमा भने कसैको पनि अहिलेसम्म उम्मेदवारी घोषणा भएको छैन् ।

बडिगाड गाउँपालिकामा २०७४ सालको निर्वाचनमा ५ वटा वडा सहित अध्यक्ष पदमा नेकपा एमालेले जित हासिल गरेको थियो । अहिलेको निर्वाचनमा पनि एमालेको तर्फबाट थुप्रै अध्यक्षका आकाक्षीं देखिएका छन् । श्रोतका अनुसार ६ जना एमालेबाट पालिका अध्यक्षमा आकाक्षीं छन् । यस पटकको निर्वाचनमा एमालेबाट युवा उम्मेदवारको चर्चा पनि चलेको छ । पछिल्लो समय सामाजिक कार्यमा सक्रिय भएर लागेका राजन पाईजाले पनि अध्यक्ष पदमा आकाक्षां देखाएका छन् ।

अघिल्लो पटक ६ सय मतान्तरले जित हासिल गरेको एमालेलाई यतिबेला जित हासिल गर्न गठबन्धनको पासो अगाडी छ । गठबन्धनलाई परास्त गरेर एक्लै निर्वाचन लड्ने चुनौतीका बाबजुद लोकप्रिय युवा राजन पाईजाले उम्मेदवारी दिने चर्चा चलिरहेको छ ।

गठबन्धनलाई परास्त गर्ने जोस र जनआकाक्षांलाई नियाल्दा पाईजा एमालेबाट गाउँपालिका अध्यक्षमा अब्बल सावित हुने धेरैको विश्वास छ । कोराना महामारी र अन्य भैपरि तथा विपदमा पाईजाले देखाएको सामाजिक सक्रियताकै कारण यतिबेला उनी तल्लोस्तरको नागरिकसम्म परिचित छन् । उनीहरु पाईजा नै गाउँपालिकाको अध्यक्ष बन्नुपर्ने बताउँछन् ।

गर्भवती तथा सुत्केरी महिलाको उद्धार गरी हेलिकप्टर मार्फत अस्पताल पठाउने, कोभिड महामारीमा गरेको सहयोग, बाढी पहिरो लगायतका विपतका बेला देखाएको सक्रियता देखि पछिल्लो समय जिउँदो बाघलाई समाएको भनेर उनी चर्चामा आएका थिए ।

यी त क्षणिक लोकप्रिय होलान् तर कोरोना महामारीको बेला पाईजाले गरेको सहयोगकै कारण अधिकाशं स्थानीय पाईजालाई अध्यक्षको रुपमा देख्न चाहान्छन् ।

यद्यपी जिल्ला तथा पालिका स्तरका नेता समेतले अध्यक्षमा आकाक्षां देखाउनु स्वाभाविक मानिएपनि पाईजा अध्यक्षको उम्मेदवार बनेमा व्यक्तिगत मत पनि पाउने धेरैको आकलन छ । हाल नेकपा एमाले बागलुङको जिल्ला सचिवालय सदस्य समेत रहेका पाईजा आफु जनताको आधारभूत अधिकार प्रत्याभूत गराउन अध्यक्षमा उम्मेदवारी दिने सोँच बनाएको बताउँछन् ।

“स्थानीय तह आएपछि थुप्रै विकास निर्माणका कामहरु भएका छन् केही हुँदैछन् पाईजाले भने – बाँकी रहेका जिम्मेवारीहरु पुरा गर्ने र युवा सोँच सहितको नमुना गाउँपालिका बनाउने प्रण सहित आएको छु ।”

तल्लो तहका नागरिकको जीवनस्तर परिवर्तन गर्ने र भौतिक विकासलाई मात्र विकास ठान्ने परिपाटीको अन्त्य गर्दै गाउँपालिकाको समग्र सामाजिक,आर्थिक एवम् संस्थागत विकासका आफुले थुप्रै योजनाहरु बनाएको उनको भनाई छ ।

“पश्चिम क्षेत्रमै राम्रो अस्पताल नहुँदा कयौं नागरिकले अनाहकमा ज्यान गुमाउनु परेको छ,नागरिकले आधारभूत स्वास्थ्य सेवा सहजै पाउने र कम्तिमा पनि सामान्य रोगका लागि धेरै पैसा खर्चेर बुटबल, पोखरा जानु नपरोस भनेर मैले स्वास्थ्यको क्षेत्रमा पनि धेरै योजनाहरु बनाएको छु, रील मान्डू सगंको कुराकानीमा पाइजाले भने ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here