मेरा दुई छोरी नै मा”रिदियो , अब म कसरि बाचु हे भगवान एउटी आमा को बि”लौ’ना………. (भिडियो)

0
3

गोकर्णेश्वर नगरपालिका-१ श्वेतबराही मन्दिरनजिकैको तामाङ गाउँका ३१ वर्षीय रोहन घिसिङ बुधबार बिहान ८ बजे दुई छोरी लिएर बस स्टपसम्म जाँदै थिए। बा ५१ प ८७३३ नम्बरको उनको मोटरसाइकलको पछाडि ८ वर्षीया सृष्टि र ४ वर्षीया श्रेया बसेका थिए। सृष्टि कक्षा २ मा पढ्थिन्। श्रेया यसै वर्ष नर्सरीमा भर्ना भएकी थिइन्। दुबै छोरीलाई घिसिङ सधैं मोटरसाइकलमा राखेर बस स्टपसम्म जान्थे। सृष्टि र श्रेया पढ्ने सोही नगरपालिका-४ मा रहेको वर्ल्ड युथ इन्टरनेसनल स्कुल हो।

त्यहाँ पुग्न मोटरसाइकलमा १० मिनेट जति लाग्छ। कहिलेकाहीँ ढिला पनि हुन्थ्यो। ढिला भएर बस छुटेमा चार किलोमिटर छिचोलेर विद्यालयसम्म दुवै छोरीलाई मोटरसाइकलमै ल्याउनु हुन्थ्यो’, प्रिन्सिपल निराजन सेढाईले भने।बुधबार पनि उनको यही शिलशिला चलेको थियो। तर, यो पटक सधैँजस्तो भएन, रोहन छोरीहरू लिएर बस स्टपसम्म पनि पुग्न पाएनन्। काठमाडौंका धेरैजसो भित्री बाटोमा विद्यालयका बस पुग्दैनन्। अभिभावकले छोराछोरीलाई आधा बाटोसम्म आफैँ पुर्‍याउनुपर्छ।

८ वर्षीया ठूली छोरी सृष्‍टि वर्ल्ड युथ इन्टरनेसनल स्कुलमा कक्षा २ मा पढ्थिन्। ४ वर्षकी श्रेयालाई पनि महामारीपछि लकडाउन खुलेसँगै यही वर्ष त्यही स्कुलको नर्सरी कक्षामा भर्ना गरेका थिए। वडाध्यक्ष राम मानन्धरका अनुसार घिसिङ चढेको मोटरसाइकललाई घरबाट निस्केको केहीबेरमै टिपरले ठक्कर दिएको थियो। सोही वडाको मेलम्ची चोकस्थित बराही मन्दिरछेउ पुग्दा उनी चढेको मोटरसाइकललाई बा ४ ख ६९६५ नम्बरको टिपरले ठक्कर दिएको थियो।रोहन पनि दुई छोरीलाई बिहानै मोटरसाइकलबाट बस स्टपसम्म लैजान्थे​।

टिपरले ठेलेपछि बाइकबाट ख सेका छोरीहरू त्यसकै टायरमा परे। घ”टनास्थलमै उनीहरुको प्राण पखेरु उड्यो। उक्त टिपर त्यहीँ नजिकै रहेको क्रसर उद्योगको रहेको महानगरीय प्र”हरी परिसर काठमाडौंले जनाएको छ। टिपरले ठ”क्कर दिँदा घा”इते भएका घिसिङको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचार भइरहेको परिसरले जनाएको छ। यता टिपरले दिदी बहिनीको ज्या न लिएपछि एकैछिनमा टोलभरी ह’ल्लाख’ल्ला म’च्चियो, शोकमा डु’ब्यो। वर्ल्ड युथ इन्टरनेसनल स्कुलका प्रिन्सिपल निराजन सेढाईंका अनुसार बस स्टपसम्म स्कुलको बस जाने गरेको थियो। त्यहाँसम्म बालबालिकालाई अभिभावकले छोड्ने गर्छन्।

उनी बसेको क्षेत्रमा सडक कालोपत्रे हुँदैछ। कालोपत्रे हुँदै गरेको त्यही सडकमा बालुवा बोकेको टिपर अगाडि गुडिरहेको थियो। रोहन पछि पछि। गुडिरहेकै बेला विपरीत दिशाबाट आएको गाडीलाई बाटो पुगेन। अचानक बा४ख ६९६५ नम्बरको टिपर ब्याक हुन थाल्यो, रोहनले बाइकको हर्न बजाइरहे। ब्याक भएको टिपरले उनको हर्न नै सुनेन। ‘ब्याक गरेको टिपरले मोटरसाइकललाई ठ”क्कर दिएको हो, ठ”क्कर दिँदा मोटरसाइकल ल डेपछि टिपरका पांग्रामा परेर दुबै बालिकाको मृ”त्यु भएको हो,’ मानन्धरले भने, ‘धन्न, बुवालाई चाहिँ चक्काले भेटेनछ।’ अनि उनीहरुलाई कि चेरै छाड्यो।

घ”टनापछि स्थानीयले नजिकै रहेको क्रसरमा गएर अन्य दुई वटा टिपरमा पनि तोडफोड गरेको परिसर प्रमुख प्र”हरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले बताए। घट”नापछि टिपर चालक भागेका छन्। उनलाई प्र’हरीले खोजी गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here