दुखद् खबर : भीरबाट खसेर प्रहरी जवानको मृ’त्यु

0
5

दाङ / सल्यानमा भीरबाट खसेर प्रहरी जवानको मृ त्यु भएको छ । ड्युटीका लागि पोस्टमा गएका इप्रका शीतलपाटीमा कार्यरत प्रहरी जवान पवन केसीको नजिकैको भीरबाट खसेर मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।

सल्यान प्रहरी प्रमुख डीएसपी सुमित खड्काका अनुसार उनको ड्युटी सोमबार बिहान २ देखि ६ बजेसम्म थियो । ड्युटीमा नभेटेपछि रातभर उनको खोजतलास गरिएको गरिएको थियो । करिब ५० मिटर तल केसी मृ त अवस्थामा भेटिएका थिए ।

ड्युटी पोस्टबाट केही टाढा पर्ने भीरमा उनी किन गए भन्ने नखुलेको र अनुसन्धान भइरहेको डीएसपी खड्काले जानकारी दिए । मृतक केसी पश्चिमरूकुमका हुन् । – नेपाल प्रेस

अन्य समाचार / काठमाडौं । चलचित्र ‘ठगराज’ को पहिलो गीत रेकर्डिङ सम्पन्न भएको छ । चलचित्र पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्रको गीतमा दीपक शर्माको संगीत रहेको छ ।

‘माया बसेको रैछ’ बोलको गीतको शब्द सुवेदीले नै लेखेका हुन् । गीतको एरेन्ज शिवराम रसाइलीले गरेका हुन् । माया प्रेमको गीतमा प्रताप र दीपाको स्वर रहेको छ।

गोल्डेन स्टेट मूभि मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनको ब्यानरमा निर्माण हुने चलचित्र जेठमा छायाँकन गर्ने तयारी रहेको छ ।

सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्रको कलाकार तथा प्राविधिक टिम छनोट कार्य भइरहेको निर्देशक सुवेदीले बताए । सुवेदीले सामाजिक कथा, जीवनको यथार्थसँग नजिकसँगै कमेडी, लभ र सेन्टिमेन्टको संयोजन चलचित्रमा हुने दाबी गरे । चलचित्रको वितरण आरआर फिल्मसले गर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here