काठमाडौं, ९ चैत्र । यतिबेला गायक प्रकाश सपूत चर्चामा छन् । उनको गीत पीर सर्वाधिक लोकप्रीयको सूचीमा छ । यसले विवाद पनि ल्यायो । पीर गीत विवादमा परेपछि तनावमा परेका प्रकाश सपूत रिफ्रेस हुन हिमाली भेगतिर उक्लिएका छन् । उनी चीनसँगको सीमा नाकासम्म पुगेका छन् ।
नेपाल चीन सीमाको २४ र नम्बर पिलरमा अडेस लागेर प्रकाश सपूतले देशभक्तिको शब्द समेत ट्वीट गरेका छन् । उनले लेखेका छन्,‘देश भन्नुत के रैछ र, चार किल्लाको माटो । त्यो माटो नी उनकै मात्रै जो छन् टाठो बाठो ।’
अन्य समाचार / काठमाडौं / गायक प्रकाश सपुतले एकहप्ता अगाडि आफ्नै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको ‘पीर’ गीतको भिडियो हटाएर फेरि विवादित दृष्य सम्पादन गरि पुन युट्युबमा अपलोड गरेका छन् । एक हप्तामै करोड क्लब पुग्न सफल ‘पीर’ गीतको भिडियो हटाएर पुनः अपलोड गरेपछि प्रकाश सपुतले सामाजिक सञ्जालमा अब चाहिँ राजनितीकरण नगर्न आग्रह समेत गरेका छन् ।
गीत हटाउन माग गर्दै माओवादी पार्टीले चर्को विरोध गरेपछि उक्त गीत विवादित बन्न पुगेको हो । तर माओवादी अध्यक्ष पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले एक कार्यक्रम बिच प्रकाश सपूतको गीत हटाउनन नपर्ने प्रतिक्रिया दिएपछि विवाद साम्य हुँदै गएको थियो ।
प्रकाश सपुतले गीत हटाएर सम्पादन गरि पुन अपलोड गरेपछि सामाजिक सञ्जालमा यस्तो लेखेका छन् ।















