दोलखाका रामप्रसाद कँडेलले संघर्ष गरेर ६ सन्तान हुर्काए । दुई दशक जागिर खाए । अहिले उनी नयाँ बसपार्कमा पानी बेचेर जीविका गरिरहेका छन् । काम ठूलो सानो त हुँदैन । तर, शरीर नै धर्मराउन थालेपछि उनीभित्र न व्यवसाय गर्ने साहस छ, न सन्तानको आडभरोसा ।
६ सन्तान भएपछि रामप्रसादलाई लागेको थियो– जीवनको उत्तरार्द्धमा सहज हुनेछ । तर, समयलाई त्यो मञ्जुर भएन । सन्तान लाखापाखा लागे । कमाएको सम्पत्ति सन्तानकै शिक्षादीक्षामा सकियो ।
अनि दालभात जुटाउन बुढेसकालको शरीर घिसारेर पानी बेच्न थाले ।पानी बेच्न थालेको पनि ६ वर्ष वितिसक्यो । उनी गुड्दै गरेको बस पक्रन सक्दैनन् । बस नपक्रिए व्यापार हुँदैन । दशैंमा घर जानेको भीडले बसपार्क गुल्जार भइरहँदा उनी आफूलाई एकांकी सम्झिएर बलिन्द्र आँसु झार्छन् ।
मानौं भीडभित्र पनि एक्ला छन् उनी ।पानी बेचेर दिनको ३ सय बढी कट्दैन । हात पसारेर खान स्वाभिमानले दिँदैन । ‘जति नै दुःख परे पनि नखाइ नहुने रैछ,’ आँ सुु झा र्दै उनी भन्छन्, ‘लानु केही छैन, बाचुन्जेल खानैपर्यो ।’ पानी बेच्दै गर्दा उनलाई दुईपटक गाडीले ठ क्क र दिइसक्यो ।
दुई पटकसम्म गाडीले हा नि स क्यो,’ उनी भन्छन्, ‘खै कसरी–कसरी हो स आएर बाँ चे छु ।’पानी बेच्दा बेच्दै थाकेपछि रामप्रसाद नजिकैको चौतारामा बसेर चिया खाँदै सुस्ताउँछन् । वि ग त झलझली आउँछ ।
त्यसपछि आँखा गंगा बनाएर आफैंले आफैंलाई स म्हा दै काममा फर्कन्छन् । मध्यमवर्गीय थुप्रै ज्येष्ठ नागरिकको कथा हो यो । आफ्नो श्रममा बाँच्न चाहने यस्ता पात्र दया होइन, प्रोत्साहन खोजेका छन् । प्रेमको भरोसा चाहेका छन् ।















