शाहरुख खानका छोरा आर्यन संलग्न भएको ड्र ग्स पार्टीको भिडियो सार्वजनिक, के भएको थियो त्यहाँ (भिडियो हेर्नुस्)

0
47

एजेन्सी । आइतवार देखि भारतीय मिडियामा बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खान पक्राउ परेको घटनाले मुख्य ठाउँ पाएको छ । उनी ड्र ग्स लिएको अभियोगमा प्रहरी हिरासतमा छन् । प्रहरीले शनिवार सांझ एक क्रुजवाट पक्राउ गरेको हो । उनी सहित ८ जनालाई शनिबार मुम्बईबाट गोवा जाँदै गरेको एक क्रुज जहाजमा ‘ड्र ग पार्टी’ गरिरहेको आरोपमा एनसीबीको टोलीले नियन्त्रणमा लिएको हो।

अहिले पनि उनी प्रहरीको नियन्त्रणमा छन् । प्रहरीले आर्यनलाई सोधपुछ गरिरहेको छ । भारतीय पत्रिका (अनलाइन) दैनिक भास्करको दाबीअनुसार त्यही जहाजमा गरिएको पार्टीको भिडिओ सोमबार सार्वजनिक भएको छ, जसमा मानिस मस्तसँग नाचिरहेको देखिन्छ। यो दृश्य त्यही पार्टीको भएको दाबी गरिएको छ। तर यो कुरा एनसीबीको टोलीले पुष्टि गरिसकेको छैन।

प्रहरीको छापा पर्नु अघिको भनिएको सो भिडियोमा युवा युवती रमाइलो गरेको देख्न सकिन्छ । तर यो भिडियोमा शाहरुख खानका छोरा भने देखिएका छैनन् । जहाजमा करिब ६ सय भन्दा बढी मानिस भएको बताइएको छ । अन्य भिआइपीहरु पनि सो जहाजमा थिए । जहाजमा इन्ट्री फिस नै ८० हजार भारतीय रुपैया रहेको बताइएको छ । आर्यनले प्रहरीलाई बयान दिने क्रममा आफुलाई अतिथीका रुपमा बोलाइएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here