पुर्व राजा ज्ञानेन्द्र कुमारी पूजामा पुग्दा अनियंत्रित भिड, श्रीपेच भयो चोरी (भिडियो हेर्नुस)

0
46

नेवार समुदायको हिजो भएको कुमारी पूजामा सहभागी भएका पुर्व राजा ज्ञानेन्द्र उनका समर्थकको बाक्लो भिडमा पुरै घेरिएको देख्न सकिन्थ्यो । पुर्व राजा ज्ञानेन्द्र लामो समयपछी कुमारी पूजामा सहभागी भएका हुन । तर उनका समर्थकको बिचबाट निकाल्न प्रहरीलाई निकै सकस परेको थियो । उनको सुरक्षामा दर्जनौं प्रहरी खटिएका थिए तर पनि उनलाई कुमारिघर लैजान र ल्याउन निकै सकस परेको देख्न सकिन्थ्यो ।

त्यहा उपस्थित उनका हजारौं समर्थकले ` राजा आउ देश बचाउ´, `हाम्रो राजा हाम्रो देश, प्राण भन्दा प्यारो छ´ लगाएतका नारा लगाउदै उनलाई श्री ५ को सरकार भनी सम्बोधन गरेका थिए । उनको समर्थनमा युवाहरुको पनि बाक्लो उपस्थिति देखिएको थियो । नेपालमा भएका राजनैतिक नेतृत्वले जनताले सोछे अनुरुप काम गर्न नसकेको, भ्रष्टाचारमा फसेको, राजनैतिक खिचातानी मै रुमलिएकोले पुन राजसंस्था प्रती जनताको आकर्षण बढेको हुनसक्ने जनकारहरुको बुझाई छ ।

पछिल्लो समय राजसंस्था पुन आउनु पर्छ भन्दै माग राखी सानातिना आन्दोलन पनि हुने गरेका छन । राजसंस्था पुनर्बहाली हुनु पर्ने आवाज उठिरहदा पुर्व राजा ज्ञानेन्द्रले भने केही प्रतिक्रिया दिएका छैनन । यस्ता आन्दोलनमा उनको सहयोग छ या छैन भन्ने विषय पनि गौण नै छ । जनताले जे चाहान्छन त्यही अनुरुप नै देश चल्ने भनाइ पुर्व राजाले गरेका थिए । राजसंस्थाको पक्षमा बसेर राजनीति गर्ने दल पनि नभएको होइन । तर जनताले उक्त राजनैतिक दललाई खासै रुचाएका छैनन ।

तर पनि पुर्वा राजा ज्ञानेन्द्र सहभागी हुने हरेक कार्यक्रममा भने हजारौंको भिड उनको पक्षमा उर्लिएको देख्न सकिन्छ । पछिल्लो समय देशको राजनैतिक अवस्थाप्रति जनता खुशी छैनन । त्यसैले पनि गाउँगाउँमा राजा हुनु भन्दा एक राजा नै ठिक भन्नेहरु थुप्रै भेटिन थालेका छन । नेपालमा राजसंस्था खोजिएको भएता पनि त्यसको नेतृत्व ज्ञानेन्द्र होइन भन्नेहरु पनि भेटिन्छन । तर कस्ले गर्छ त नेतृत्व भन्ने कुरामा उनिहरु पनि स्पष्ट छैनन । ( भिडियो हेर्नुस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here