कुवेत गएका नेपालीको जिवनमा नसोचेको भयो ! दुई जनाको मृत्यु, घाइतेको उपचार हुँदै

0
47

कुवेत सिटीस्थित नेपाली दूतावासकाअनुसार मृत्यु हुनेमा गोलधाप–१, झापाका यमबहादुर कटुवाल र चकचकी–६, झापाका सुकलाल राजवंशी हुन् । सोही घटनामा घाइते भएका धनमुढा, मिझिङ–८, रोल्पाका सर्वजित महराको उपचार भइरहेको छ ।

कुवेतका लागि नेपाली राजदूत दुर्गाबहादुर भण्डारी र मिनिस्टर काउन्सेलर प्रकाशमणि पौडेलले घाइते महरालाई भेट्न बिहीबार फर्वानिया अस्पतालमा पुगेका थिए । दूतवासले एक विज्ञप्ति जारी गर्दै घटनामा परी दु:खद् निधन भएकोमा मर्माहत तथा स्तब्ध भएको जनाउँदै शोक सन्तप्त परिवारजनहरुमा हार्दिक समवेदना प्रकट गरेको छ ।

वैदेशिक रोजगारमा वर्षेनी एक हजार नेपालीले ज्यान गुमाउने गरेका छन् । कामदारहरू सडक दूर्घटनामा, सुतेको ठाउँमा र कार्यस्थलमा नै कामदारको मृत्यु हुने गरेको छ ।  मलेसियालगायत खाडी मुलुकमा वैदेशिक रोजागरका लागि नेपाली कामदार जाने गरेका छन् ।

दैलेखमा ग्यास र पेट्रोल खानी रहेको चिनियाँको निष्कर्ष – दैलेखमा ग्यास र पेट्रोल उत्पादन सम्भव भएको चिनियाँ प्राविधिक टोलीले तयार पारेको अध्ययन प्रतिवेदनले औल्याएको छ ।

दैलेखमा ग्यास र पेट्रोल रहेको पुष्टि गरिएको सेस्मिक सर्भेको प्रतिवेदन चिनियाँ टोलीले खानी तथा भूगर्भ विभागलाई बुझाएको छ । प्रतिवेदनका आधारमा उत्खननका लागि थप प्रक्रिया अघि बढाइएको छ । अब कुन भू–भागमा कति परिमाणमा पेट्रोलियम पदार्थ वा ग्यास छ भनेर अन्तिम सर्भे गरेपछि उत्खनन् थालिने बताइएको छ ।

२०७६ असोजदेखि दैलेखका विभिन्न ठाउँमा अन्वेषणको काम सुरु गरिएको थियो । श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङ सम्पन्न भएको छ ।

करिब १० वर्षअघि दैलेखमा बलेको ग्यासलाई आधार मानी नेपालको कुनै भू–भागमा पेट्रोलियम पदार्थ हुनसक्छ भनी केही अन्तर्राष्ट्रिय कम्पनीले नेपालका १० वटा जिल्लामा अन्वेषण सुरु गरेका थिए । तर, अन्वेषण सम्पन्न हुन सकेको थिएन । सरकारले पछिल्लो पटक चीनसँग अन्वेषणका लागि सम्झौता गरेको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here