२५ वर्षीय छोरोको मृ त्यु पर्खिरहेकी छिन् ५९ वर्षकि आमा(भिडियो हेर्नुस् )

0
91

काठमाडौको टोखामा बस्दै आएकी गीता श्रेष्ठ अहिले २५ वर्षका छोरा भोला श्रेष्ठको मृ त्यु पर्खेर बसेकी छिन् ।जन्मजात विस्तारामै जीवन बिताइरहेका भोलाको स्याहार गरेर बसेकी आमा आफ्नो पति बितेपछी झन् संघर्ष गर्नु परेको गुनासो गरेकी छिन् ।सहारा त्यही एउटा छोरा भएपनी सुतेको ठाउँबाट उठ्न नसक्ने भएकाले आमाले अरुको सहारा पाएकि छैनन् ।

जन्मेदेखि नै टुक्क्रुक बस्न समेत नसक्ने भोलाको शरीरदेखि जिब्रो केही चल्दैन ।उनको दात समेत नचल्ने भएपछी झोलीलो खाना बाहेक अरु केही खान सक्दैनन् ।२५ वर्षदेखि छोराको दिशापिसाब सोहोर्दै आएकी गीता छोराको हेरचाह गर्दा पाएको दुख बयान गरेर नसक्ने गुनासो पोख्छिन् ।

लगातार २५ वर्षदेखि चाडवाड र अन्य खुशीमा रमाउन नसकेकी आमा आफू म रेपछी छोरालाई पर्ने दुख सम्झेर भावुक हुने गर्छिन् ।सहाराको एउटा हाँगो आफ्नो लोग्ने भएको तर उनी बि तेको पनि ६ वर्ष भैसकेपछी घरमा लोग्ने नहुदा हुने समस्या र पीरले उनी गल्दै गएकि छिन् ।

अरुको घरमा भाडा माझ्दै,धान रोप्दै ,लुगा धुदै गुजारा गर्दै आएकी उनी कोरोना महामारीमा मान्छेले कामपनि नदिएको हुँदा आफ्नो गुजारा गर्न निकै गाह्रो भएको बताउछिन् ।आफ्नो घर जमीन सबै सकेर उपचार गर्दापनि छोराको रोगमा कुनै सुधार भएको छैन ।यसरी अहिलेको महामारी र छोराको यस्तो हालले आमालाई दुई छाक टार्न र बाँच्न निकै गाह्रो भएको पाइएको छ ।
भिडियो हेर्नुस् :-

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here