सातामा प्रतितोलामा यस्तो रह्यो सुन तथा चादिको मुल्यमा यती बढ्यो! जानकारी लिनुहोस

0
2
सातामा प्रतितोलामा यस्तो रह्यो सुन तथा चादिको मुल्यमा यती बढ्यो! जानकारी लिनुहोस

सातामा प्रतितोलामा यस्तो रह्यो सुन तथा चादिको मुल्यमा यती बढ्यो! यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत साताको शुक्रबारको तुलनामा यो साताको अन्तिम कारोबार दिनसम्म सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम थियो । जबकी, यो साताको अन्तिम कारोबार दिन बिहीवारसम्ममा सुनको मूल्य तोलामा १ लाख १० हजार ८०० रुपैयाँ कायम छ ।

यो साताको शुक्रबार नेपाली नयाँ वर्ष परेर सुनको कारोबार भएन । यस्तै, गत साताको शुक्रबार तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य समेत बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको अन्तिम कारोबार दिनसम्ममा तेजाबी सुनको मूल्य १ लाख १० हजार २५० रुपैयाँ कायम छ ।

यसैगरी, यो साता चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ । महासंघले गत साता चाँदीको मूल्य तोलामा १४ सय ४० रुपैयाँ रहेकोमा यो साताको अन्तिम कारोबार दिनसम्म १४ सय ५० रुपैयाँ कायम भएको जानकारी दिएको हो ।

सातामा प्रतितोलामा यस्तो रह्यो सुन तथा चादिको मुल्यमा यती बढ्यो! जानकारी लिनुहोस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here