स्टुडेन्ट भिसामा जापान जान पनि रोक !

0
3
स्टुडेन्ट भिसामा जापान जान पनि रोक !

स्टुडेन्ट भिसामा जापान जान पनि रोक! शिक्षा मन्त्रालयले वैदेशिक अध्ययन स्वीकृतिसम्बन्धी निर्देशिका–२०७९ जारी गरेसँगै स्टुडेन्ट भिसामा जापान जान पनि रोक लागेको छ ।

जारी निर्देशिका अनुसार भाषा र डिप्लोमा कोर्ष पढ्ने उदेश्यले एनओसी (नो अब्जेक्सन लेटर) दिन रोक लगाएको कारण जापानमा पढ्न जाने विद्यार्थीका लागि समेत रोक लागेको हो ।  नेपालबाट बर्षेनी हजारौं नेपाली विद्यार्थीहरु जापान पढ्न जाने गरेका छन् । बिद्यार्थी भिसामा जापान गएपनि अधिकांशको उदेश्य त्यहाँ गएर पढ्ने भन्दा पनि कमाउने हुन्छ ।

एनओसी शाखाका अनुसार गत वर्ष मात्र जापान पढ्ने उदेश्यले १० हजारभन्दा बढी नेपाली विद्यार्थी पढ्न जापान गएका थिए । अव नयाँ निर्देशिकाको कारण जापान स्टुडेन्ट भिसामा जाने बाटो बन्द भएको छ । अहिले एनओसी शाखाले उच्च शिक्षाको लागि बाहेक एनओसी दिन छाडेको छ ।

जापान नेपालीहरुको उचित गन्तव्य हो । जाँदा बिद्यार्थी भिसामा गए पनि केहि बर्षमै त्यहाँ गएका नेपालीहरुले आकर्षक तलसंगै रोजगारको अवसर पनि पाउने गरेका छन् । साथै त्यसरी गएकाहरुले केहि बर्षमा आफ्नो श्रीमान वा श्रीमतीलाई डिपेन्डेन्ट भिसामा लगेर राम्रो आर्जन गर्ने गरेका छन् ।

अरु देशको तुलनामा जापान जानेहरुले सहज रुपमा उक्त देशमा पीआर नपाउने हुँदा यसरी जापान गएकाहरुले आफूले कमाएको रकम रेमिट्यान्सको रुपमा नेपाल पठाउनुको साथै नेपाल फर्किएर बिभिन्न पेशा व्यवसायमा पनि जोडिने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here