सुरुमा भेटिएकै दोबाटोमा भेटिएका छन् सचिन परियार,पात्र उहि तर परिस्थिति फरक(भिडियो हेर्नुहोस्)

0
18

सचिन परियार यतिबेला निकै नै चर्चाको शिखरमा छन्। विशेषगरी उनीसँग सम्बन्धित उनको पारीवारिक बिषयले पनि सामाजिक संजाल बेलाबेला तातिरहेको हुन्छ। उनी भाइरल हुनुअघि गुल्मीमा हटियामा गीत गाएर अरुले दयामायाले दिएको पैसा उठाएर लिने गर्दथे। उनलाई बाटोमा भेट्दा उनी निकै बोलक्कड थिए र आफू अशोक दर्जी जस्तो बन्ने सपना रहेको बताएका थिए।

त्यतिबेला उनले अशोक दर्जीको ‘मन धन ठूलो कि धन बिनाको मन’ गीत पनि गाएर मन्त्रमुग्ध बनाएका थिए। उनलाई आफूले पढ्ने स्कुलको नाम सोध्दा गलकोट माबी हो हटियामा छ भनेका थिए। उनी निकै गफाडी पनि थिए र माया प्रेमको कुरा मज्जाले गर्दथे।आज उनै सचिन परियार काठमाडौँबाट घर फर्केर त्यहीँ ठाउँमा देखा परेका छन्।

पछिल्लो समय सामाजिक संजालमा निकै नै चर्चित भएका गुल्मीका सचिन परियारलाई विभिन्न माध्यमबाट उनलाई शिक्षादीक्षा तथा उनको पालनपोषणको निमित्त प्राप्त सहयोग रकम उनका बुबाले हिनामिना गरेको र नजिकैको होटलमा खाएको समेत नतिरेको आ’रोप लागेको थियो। यसै विषयमा कुराकानी गरि उनीसँग बुझ्न खोज्दा उनले अन्तर्वार्ता नै नदिने भनेर छोडेर रिसाउँदै हिँडेका पनि थिए।

तर सचिन परियारको विषयले सामाजिक संजाल तात्दै गएपछि उनीसँग सम्बन्धित विविध जानकारी लिन भनेर आम चासो बढेपछि अन्य कुराहरू पनि बिस्तारै बाहिरिन थाले। यसै सन्दर्भमा सचिनकी आमाले पनि सामाजिक संजाल मार्फत आफू कसैसँग बिहे नगरी बसेको,आफूलाई छोरा हेर्न र भेट्न अवसर पनि नदिएको र सचिनले पनि सौतेनी आमासँग नबसी आफ्नै आमासँग बस्ने ईच्छा व्यक्त गरेपछि थप चासो बढेको थियो।

बुबा तेजेन्द्र भन्छन्,” छोरालाई काठमाडौको हिमाली बोर्डिङ् मा ल्याएर पढाएको छु। सधैंभरी प्रथम हुन्छ। उसलाई शनिबार मात्र शुटिङको लागि लैजानुपर्छ अरु दिन नियमित विद्यालय जान्छ।” तर उनले बोलेको कुरा प्राय विवादमा आएको थाहा पाएपछि उनले पढ्ने विद्यालयमै गएर बुझ्दा उनको धेरै दिनसम्म हाजिरी गय’ल भएको रहेछ।

कुनैबेला उनलाई राम्रोसँग शिक्षादीक्षा दिने अवसर भएन भनेर सहयोग गरि उक्त अवसर दिइएको तर यतिबेला विद्यालय नै नगएको पाइएपछि यो विषयमा चासो बढाइएको छ। त्यसैगरी उनले दुईवटा बिहे गरेको भएतापनि मिलाएर राखेको जिकिर गर्दै सचिनलाई उसको आमासँग भेट गराउनबाट बन्चित नगरेको पनि बताएका छन्। अन्तर्वार्ताकै क्रममा उनले कान्छी श्रीमतीलाई झण्डै हात लगाएको विषयले पनि उनलाई आलोचित बनाएको छ। कृपया बाँकी भिडियोलाई पूरा हेर्नको लागि तलको लिंकलाई क्लिक गरि हेर्नुहोला।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here