नेपालमा काे-राेना संक्रमितकाे सङ्ख्या बढ्याे क्रममा, उपत्यकामा निषेधाज्ञा खुकुलो भएपछि अवस्था के छ ?

0
648
नेपालमा काे-राेना संक्रमितकाे सङ्ख्या बढ्याे क्रममा, उपत्यकामा निषेधाज्ञा खुकुलो भएपछि अवस्था के छ ?

नेपालमा काे-राेना संक्रमितकाे सङ्ख्या बढ्याे क्रममा, उपत्यकामा निषेधाज्ञा खुकुलो भएपछि अवस्था के छ ? पछिल्लो २४ घण्टामा देशभर २३२८ जना को-रोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १० हजार १३३ जनाको परीक्षण हुँदा २३२८ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै सोही अवधिमा ३०६६ जना संक्रमण मुक्त भएको मन्त्रालयले शनिबार जानकारी दिएको छ ।

याे सँगै देशभर को-रोना संक्रमितको कुल संख्या ६ लाख ४३ हजार ५८० (पीसीआर) र ३७ हजार ५५६ (एन्टिजेन) जना पुगेको छ भने निको हुनेको संख्या ६ लाख ६६ हजार ६६६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा १९ जनाको मृ-त्यु भएको छ । यस्तै मृ-तकको कुल संख्या ९ हजार १९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उपत्यकामा सक्रिय सङ्क्रमित: को-रोनाभाइरस स’ङ्क्रमण कम हुँदै गएको भनी काठमाण्डू उपत्यकाभित्र लगाइएको निषेधाज्ञा निकै खुकुलो पारिएका बेला सक्रिय स’ङ्क्रमितको सङ्ख्यामा भने उल्लेख्य कमी आउन नसकेको सरकारी विवरणले देखाएको छ। गत हप्तादेखि उपत्यकाको निषेधाज्ञालाई निकै खुकुलो पारिएको थियो। गत मङ्गलवारदेखि त निषेधाज्ञा त्यसभन्दा पनि अझ खुकुलो भएको छ।

तर उपत्यकाभित्र सक्रीय स’ङ्क्रमितको सङख्यामा भने खासै धेरै कमी नआएको स्वास्थ्य तथा जनसङ्ख्याको विवरणमा देखिन्छ। यद्यपि त्यो सङ्ख्या घट्दो क्रममा रहेको छ। काठमाण्डू, ललितपुर र भक्तपुर तीन जिल्लामा गरी शनिवार कुल सक्रिय सङ्क्रमितको सङ्ख्या ७,९५५ रहेको छ।

विज्ञ के भन्छन्? उपत्यकामा जोरबिजोर प्रणालीमा निजी सवारीसाधन चलाउन दिन सुरु गरिएको अघिल्लो दिन १० हजारभन्दा बढी सक्रिय सङ्क्रमित रहेका थिए। त्यसमा क्रमश कमी आउँदै गएको सरकारी विवरण देखाएको छ। तर उपत्यकाभित्र अहिले चहलपहल धेरै हुन थालेको र स्वास्थ्य सावधानी अपनाउने क्रममा कमी देखिएकाले त्यसले पुन: सङ्क्रमण बढ्नसक्ने चिन्ता जनस्वास्थ्यविद्हरूको छ। एकजना जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनी भन्छन्, “काठमाण्डूमा सबैतिरका मानिसको ओहोरदोहोर भइरहेको छ। यहाँ पनि भिडभाड बढेकाले सङ्क्रमण भइ रहेको छ।” उनी पछिल्ला दिनमा कन्ट्याक ट्रेसिङ पनि हुन छाडेकाले ८ हजारको हाराहारीमा सक्रिय सङ्क्रमित रहेको काठमाण्डू उपत्यकासहित देशैभरि विशेष सावधानी अपनाउनु आवश्यक रहेको बताउँछन्।

अन्य विवरण : नेपालमा हाल कुल सङ्क्रमितको सङ्ख्या ६ लाख ८१ हजारभन्दा बढी पुगेको छ। त्यसैगरी कुल मृ-त्यु हुने सङ्ख्या ९ हजार १ सय ९८ पुगिसकेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा निको हुने दर ९४ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत रहेको छ। त्यसैगरी स’ङ्क्रमितमध्ये करिब ४० प्रतिशत महिला छन् भने करिब ६० प्रतिशत पुरुष रहेका छन्।

र पछिल्लो समय सबभन्दा बढी स’ङ्क्रमित हुने उमेर समूह २० देखि ४० को रहेको छ। गम्भीर बिरामी भएर सघन उपचार कक्षमा उपचार गराइरहेकाहरूको सङ्ख्या ६२७ रहेको छ भने भेन्टिलेटरमा १८१ जना रहेका छन्। काेराे-ना भा- ईरस (काे-भिड – १९ ) बाट बच्न सबैले सामाजिक दुरि कायम राखाैँ र साबुन पानिले मिचि मिचि हात धुने बानि बसालाैँ । जनहितमा जारी सन्देश ।। हाम्राे न्युजहरु हजुरहरुलाई कस्ताे लाग्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुनेछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here