विगत ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेकी नायिका सुरक्षा पन्तले फागुन २५ गते विवाह गर्दै !

0
2
विगत ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेकी नायिका सुरक्षा पन्तले फागुन २५ गते विवाह गर्दै !

विगत ६ वर्षदेखि प्रेम सम्बन्धमा रहेकी नायिका सुरक्षा पन्तले फागुन २५ गते विवाह गर्दै ! अभिनेता मानब सुवेदीसँग अभिनेत्री सुरक्षा पन्त विवाह बन्धनमा बाधिने भएकी छन् । यो जोडीले फागुन २५ गते विवाह गर्न लागेका हो । यी दुईले केही वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका हुन् ।‘चितवनमा हुने विवाह समारोहमा परिवार र निकट आफन्तलाई मात्र बोलाएर परम्पराअनुसार विवाह गर्ने तयारी छ ।

सन् २०१५ मा रिलिज भएको ‘अझैपनि’बाट सुरक्षाले अभिनय करिअर थालेकी थिइन् ।यता मानबले भने पहिलो फिल्म अन्तरालपछि नेपथ्य र चिनी कम रङ कडामा अभिनय गरेका थिए । ओस्कार फिल्म कलेजबाट फिल्मको अध्ययन गरेका सुवेदी झापाका हुन। यी दुई ६ वर्षदेखि प्रेम सम्बन्धमा थिए । दुवैले सम्बन्धलाई अहिले सम्म बाहिर ल्याएका थिएनन् । सुरक्षा पछिल्लो समय व्यस्त नायिकामा पर्छिन् ।

यो पनि : ‘बहाव’ को फर्स्टलुक सार्वजनिक , पिँजडामा कैद सुगा सँग निराश सुरक्षा, फिल्म ‘बहाव’को प्रदर्शन मिति घोषणा गर्दै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । रिलिज मिती तय गर्दै फिल्मको फर्स्टलुक सार्वजनिक गरीको हो । चैत २४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्मको फर्स्टलुकमा अभिनेत्री सुरक्षा पन्तलाई देखाइएको छ ।

अभिनेत्री सुरक्षा पन्त सुँगालाई कैद गरिएको फलामे पिंजडा बोकेको अवस्थामा चित्रित छिन् । प्रमोद कँडेलको लेखन तथा निर्देशनमा बनेको फिल्मलाई स्वर्णिम इन्टरटेनमेन्ट र योङ स्टार सिनेमाको प्रस्तुतिमा निर्माण गरीएको हो । फिल्ममा सुरक्षाका अलावा कमलमणि नेपाल, अफरान अली, सुर्य शर्मा भट्ट, इश्वरी सिंह, हीरालाल कँडेल, पवन श्रेष्ठलगायतले अभिनय गरेका छन् ।

सुजन बडालले सम्पादन गरेको फिल्मलाई कार्तिकेय स्मिता कर्नाटकले छायांकन गरेका हुन् । फिल्ममा वसन्त सापकोटा, सुशान्त गौतम र रिकेश गुरुङको संगीत, सज्जा चौलागाईंको आवाज, अनन्त घिमिरेको कलर करेक्सन, मुकेश शाहको साउण्ड डिजाइन र मिक्सिङ छ । फिल्मका निर्माता श्रीधर पौडेल हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here