केकीलाई अभिनेत्री ऋचा शर्माको सुझाव, निकै सोचेर मात्र बच्चा जन्माउनु (भिडियो हेर्नुस्)
अभिनेत्री ऋचा शर्माले अभिनेत्री केकी अधिकारीलाई निकै सोचेर मात्र बच्चा जन्माउन सुझाव दिएकी छन् । उनले निकै बिचार गरेर सबै कुरोमा तयार भएपछि मात्र बच्चा जन्माउन सुझाएकी हुन् । ‘केकीले विवाहमा बोलाइन्, त्यो उनको ब्यक्तिगत विचार हो ।
त्यसमा मलाई दुःख छैन । हाम्रो मित्रतामा पनि केही कमी भएको छैन’ ऋचाले केकीलाई भनिन्–‘बच्चा भन्ने कुरो कुनै सोचेर, विचार गरेर, मेन्टल तथा फिजिकल लगायत सबै कुरोमा तयार भएपछि जन्माउने हो । त्यही निर्णय गर्नु ।
’बुधबार आयोजित ‘हिजो आजका कुरा’ को प्रिमियर ऋचाले केकीको अभिनयको प्रशंसा समेत गरिन् । ‘केकीको दिन प्रतिदिन प्रगति देखिरहेको छु । यो प्रगति अझै देख्न चाहान्छु’ उनले थपिन् । फिल्म ‘हिजो आजको कुरा’ को कलाकार समेत रहेकी ऋचाले फिल्म समेत राम्रो भएको बताइन् ।
‘दर्शकले पहिले सानो पर्दामा निकै मन पराएको ‘हिजो आजको कुरा’ ठुलो पर्दामा आएको छ’ ऋचाले थपिन्– ‘फिल्म राम्रो बनेकोले सानोपर्दा झै ठुलो पर्दामा पनि रुचाउनुहुन्छ भने आस लिएको छु ।’ अभिनेत्री केकी अधिकारीले पनि फिल्म आफुले सोचेभन्दा राम्रो बनेको बताइन् ।
‘‘हिजो आजको कुरो’ एउटा फिल्मभन्दा पनि ब्राण्ड हो’ केकीले भनिन्– ‘यो ब्रा न्डसँग सानै भूमिका भएपनि जोडिने रहर थियो । यो पुरा भयो ।’ फिल्म आफुलाई मन परेको बताएकी केकीले दर्शकले पनि फिल्म रुचाउने अपे क्षा गरिन् । बाँकि हेर्नुस् याे भिडियो रिपोर्ट:-















