टिकटकमा सबैलाई हसाँएर भाईरल आमाछोरी, अर्काकी छोरी भन्दा सार्‍है मन रुने(भिडियो हेर्नुस)

0
1

कुनै समय सबैको लोकप्रिय बनेको थियो सामाजिक संजाल फेसबुक, लामो समयको अन्तरालपछि पछिल्लो समय एकदमै थोरै समयमा सबैको प्यारो बनेको छ टिकटक । बच्चादेखी बूढो सबै उमेरकाले चलाउने यो टिकटक अहिलेको पुस्ताको त ढुकढुकि नै बनेको छ ।

हुन त टिकटकका सकारात्मक र नकारात्मक पक्ष बराबर नै छन । समयसमयमा यसै टिकटकमा मान्छेहरु भाईरल हुने क्रम पछिल्लो समय बढ्दो छ । यसैक्रममा आजको बिषय भने दुई आमाछोरी जो पछिल्लो समय टिकटकमा सबैलाई हसाँएर भाईरल बनेका छन उनिहरुसँग कै मिठो कुराकानीको रहेको छ ।

कृष्णा के सी नाम गरेकि आमा र युना चौधरी नाम गरेकी छोरी पछिल्लो समय उनिहरुको कमेडी टिकटकले गर्दा दर्शकसामु लोकप्रीय बनेका छन । बास्तबमा युना कृष्णाले आफैं जन्म दिएकि छोरी भने हैनन तैपनी आफ्नी छोरीलाई पालीरहेकीछिन उनले युनालाई ।

कसैले अर्काकी छोरी भन्दा सार्‍है चित्त दुख्ने गरेको उनले बताईन । युनालाई कसैले कमेण्टमा गाली गर्दा समेत चित्त दुख्नेगरेको उनि बताउँछिन । युनाको टिकटकमा जताततै प्रशंसा हुनेगरेको उनी बताउँछिन । सानै छंदा बाबाआमाको डिभोर्स भएपछि युना कृष्णासँग बस्दै आएकि रहिछिन ।

आफुले युनालाई मनआत्मादेखी नै छोरी मानेको र आफ्नो माया कुनै देखावटी नरहेको बताउँदै गहभरी आँसु पारिन उनले । युना टिकटक बनाउनमा मात्र नभएर फुटबल खेल्न देखि लिएर अन्य क्रियाकलापमा पनि खप्पिस छिन । आमाछोरीको माया होस त यस्तो, माया गर्न रगतकै नाता हुनुपर्छ भन्ने केही छैन ।

बाँकी हेर्नुस तलको भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here