काठमाडौँ,
कसैको सम्पर्कमा नआउने गरि सामाजिक सञ्जालबाट बेपत्ता पूजा शर्मा कुनै समय सामाजिक सञ्जालमा निकै समय बताउने लोकप्रिय नायिका हुन् पूजा शर्मा । आँफुले लगानी गरेको फिल्मको प्रमोशनमा टिकटक, युट्युब, फेसबुक जताततैबाट व्यापक प्रचार प्रसार गर्ने यी सुन्दरी अहिले भने गुमनाम छिन् ।
अहिले उनका आधिकारिक फेसबुक, टिकटक र इन्स्टाग्राम अकाउन्टहरु सबै निष्क्रिय रहेको बताइन्छ । फ्यानहरुले सामाजिक सञ्जालमा उनीबारे सोधीखोजी गरिरहेका बेला उनी हराउन पुगेकी छिन् ।
आँफुले अभिनय गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन प्रवर्द्धन गर्न एक सातासम्मै हल दौडाहामा खटेकी पूजा एक्कासी किन यसरी लापत्ता भइन् ? फ्यानले उनलार्य खोजेको छन् ।
केहीदिन अघि मात्रै उनले फेसबुकमा एक स्टाटस लेख्दै पूजाले आफूलाई खेदिएको भन्दै गुनासो गरेकी थिइन् । हाल सामाजिक संजालबाट अलग भएकी पूजा अनमोल केसीलाई लिएर निर्माण गर्न लागेको एक नयाँ फिल्मको घोषणासँगै सामाजिक सञ्जालमा फर्किने रे त्यतिन्जेली खासै आफ्नो काम नभएको र गाली खानका लागि मात्रै किन सामाजिक
संजालमा सक्रिय हुन भन्दै उनी हराएकी हुन् रे । जुन कुरा उनकै स्टाटसबाट पनि रहस्यको चुरो बुझ्न सकिन्छ । साथै उनी ललितपुरको झम्सिखेलमा एक व्यवसाय सुरु गर्दैछिन् । उनी यी दुई प्रोजेक्टलाई अब समय दिन चाहन्छिन् र फिल्म घोषणापछि मात्र सामाजिक सञ्जालमा आउने कुरा छ, स्रोतले भन्यो ।
खेदो खनिएको भन्दै अभिनेत्री सुष्मा कार्की पनि केही महिनाअघि सामाजिक सञ्जालबाट गायब भएकी थिइन्। स्पाइडरम्यान अभिनेता टम हल्यान्डले पनि मानसिक स्वास्थ्यको ख्याल गर्नुपर्ने आवश्यकता भएको भन्दै गत महिना सामाजिक सञ्जालबाट अलग हुने घोषणा गरेका थिए ।















