झापा ,
झापामा घटयो मन रुवाउने घटणा। श्रीमान विदेशमा भएको बेला घर मा हात्तीको आतंक बाट श्रीमती निधन। श्रीमानको चलयो बिदेशमै रुव बासी।
झापामा जंगली हात्तीको आक्रमणबाट फेरि एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट बुद्धशान्ति गाउँपालिका- ५ निवासी ३४ वर्षीया सम्झना श्रेष्ठको मृ’त्यु भएको प्रहरी कार्यालय झापाका डीएसपी वसन्त पाठकले जानकारी दिए ।
प्रहरीका अनुसार शुक्रवार साँझ ५ बजेर ४० मिनेटको समयमा मेचीनगर नगरपालिका- ९ स्थित थोप्लेविरान सामुदायिक वन जाने भित्री सडक खण्डमा मे ७ प २०४६ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई हात्तीले आक्रमण गरेको थियो ।
वनभित्रबाट निस्किएको हात्तीले उनलाई सडकमै आक्रमण गरेको प्रहरीले जनाएको छ । हात्तीको आक्रमणबाट ग’म्भीर घाइते भएका उनलाई उपचारको लागि आम्दा अ’स्पताल धुलाबारी पठाएको र उनको उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको डीएसपी पाठकले बताए ।चार दिन अघि मात्र जंगलीको हात्तीको आक्रमणबाट बाह्रदशी गाउँपालिका- १ निवासी ८० वर्षीय वृद्ध देवीबहादुर अधिकारीको मृत्यु भएको थियो ।
हेर्नुस् भिडियो
https://youtu.be/2RxzqTRn-6s















