नागरिकता विधेयक फिर्ता गरेर पोखरा गएकी राष्ट्रपतिबारे मध्यरातमा आयो यस्तो खबर, जनताहरुले गरे गम्भीर चिन्ता प्रकट ! नागरिकता विधेयक आइतबार राष्ट्रपति निवास शीतलनिवासबाट फिर्ता भएको खबर सार्वजनिक बाहिरियो । राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले राजनीतिमा एकाएक तहल्का पिट्यो ।
त्यसको भोलिपल्ट राष्ट्रपति भण्डारी सोमबार बिहान ११ बजे बुद्ध एयरको विमानबाट पोखरा आएकी छन् । भण्डारी अहिले पोखरा महानगरपालिका–१७ विरौटास्थित होटल ग्राण्डमा बसेकी छन् ।
मंगलबार हुने कार्यक्रमको लागि उनी अघिल्लै दिन पोखरा आएको सुरक्षा स्रोतले जनाएको छ । यसैबीच, मध्यरातमा राष्ट्रपति भण्डारीको सुरक्षा व्यवस्था कडा पारिएको खबर बाहिरिएको छ । यो खबर बाहिरिएसँगै राष्ट्रपतिका शुभचिन्तकहरुले चिन्ता व्यक्त गरेका छन् ।
“यहि नागरिकता बिधेयक फिर्ता गर्दा राजा विरेन्द्र को वंश नाश बनाए महामहिम ज्यु को सुरक्षा कडा गरियोस श्री ५ विरेन्द्र जहाँ भए नि खुसी नै होलान१ धन्यवाद बिद्या भण्डारी ज्यु, एक सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् । यस्तै अर्का सामाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन, यो बेला कडा हैन शख्त कडा बनाउनु पर्छ। अघिपछि जे भए नि जे गरेको भएनी महामहिम को यो अहिलेको कदम लाई सल्युट छ।”
राष्ट्रपति भण्डारीले मंगलबार विन्ध्यावासिनी माविको हिरक जयन्ती समारोह तथा नवनिर्मित भवनको उद्घाटन गर्नेछिन् । त्यसपछि गुरुङ समुदायको पर्व ट्होटेको सहभागी हुने तालिका रहेको छ ।
स्रोतले दिएको सूचनाका अनुसार राष्ट्रपति भण्डारी सोमबार भेटघाटमै व्यस्त रहिन् । भण्डारीले सोमबार स्थानीय नेता, प्राध्यापक, जनप्रतिनिधिसँग भेटघाट गरेको सुरक्षा स्रोतले जनायो । राष्ट्रपति बेलुका ५ बजे अन्नपूर्ण केबलकार पुगिन् । राष्ट्रपति आएपछि पोखराको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ ।
आइतबार साँझ मात्रै नागरिकता विधेयक प्रतिनिधिसभामा नै फिर्ता गरेको हुँदा उनीविरुद्ध प्रर्दशन हुन सक्ने आकलन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा निकायले जनाएको छ ।














