लोक प्रिय कार्यक्रम इन्द्रेणीकी कलाकार सम्प्रीया खड्काले पाईन यति ठुलो सम्मान, पुरा हेर्नुहोस।

0
1

लोक प्रिय कार्यक्रम इन्द्रेणी संचालनमा आय संगै इन्द्रेणी बाट धेरै कलाकारहरुको जन्म भयको छ। इन्द्रेणीमा कलाकारको जन्म मात्र हुदैन त्यहा सेवा, संदेश अनि मनोरंजनको साझा चौतारी भयकै कारण नया तथा पुराना कलाकारको जमघट संगै विभिन्न दुखी-पिडितहरु समेत त्यहा सहयोग लिनका लागी पुग्ने गरेका हुन्छन। यो संगै आफ्नो कला भयमा कला प्रस्तुत गर्ने सबैको साझा मन्दिर जस्तै भयको पाउन सकिन्छ इन्द्रेणी।

किन भने त्यहा विभिन्न प्रतिभाहरुले आफ्नो प्रतिभा प्रष्फुटन गर्न इन्द्रेणी पुगेका कयौ नव प्रतिभाहरु तपाई हामी समेत धेरैले देख्दै आयका छौं। त्यस्तै आफ्नो नाच्ने कला एवंम प्रतिभा बोकेर केहि समय अगाडि नेपालगंज को खजुराबाट सम्प्रीया खड्का इन्द्रेणी पुगेकी थीइन। उनि इन्द्रेणीमा पुगेर उनले आफ्नो नाच्ने प्रतिभा प्रस्तुस गरेपछि इन्द्रेणीकै सदश्य जस्तै बनेर लामो समय सम्म इन्द्रेणी कार्यक्रममा नाच्दै आयकि थीइन।

बाटुलो अनुहार मिलेको सरिर अनि सबैलाई आकर्षित पार्ने उनको नाचले गर्दा कार्यक्रम हेर्ने धेरै दर्शकहरु सम्प्रीयाको प्रतिभा प्रति निकैनै खुसी भयको पाउन सकिन्थ्यो भने यो संगै उनलाई धेरै नेपालि म्युजिक भिडियोहरुमा समेत अभिनय तथा नाच्ने अवसर मिल्दै गयको थियो। उनले मोडलिङ्ग गरेका केहि म्युजिक भिडियोहरु समेत चर्चामा देख्न सकिन्छ भने अहिले पनि कहिले कहिँ समय मिलेको बखत उनि इन्द्रेणीमै नाच्दै आयकि हुन्छिन।

पिता सेर बहादुर खड्का अनि माता नैन सरा देबी को कोखबाट कान्छी छोरी भयर जन्मियकी सम्प्रीया सानै उमेर देखी नाच्न निकैनै रुचाउने गर्दथिन। उनको नाचले गर्दा कहिले काही स्कुल देखी उनको छिमेकीहरु समेत निकैनै चकित पर्ने गरेका हुन्थे रे। यो संगै उनले केहि स्टेज कार्यक्रम हरुमा समेत आफुले नाचेर देखाउदा कार्यक्रम हेर्ने दर्शकहरुले समेत निकैनै मनोरंजन लियको पाउन सकिन्थ्यो।

सम्प्रीया खड्काको राम्रो नाच्ने कलालाई लियर विभिन्न ठाउहरुमा उनले सम्मान समेत पायकि हुन्छिन। यसै बिचमा भर्खर मात्र खुलेको रात्री कालिन दोहोरी “डाँडाघरे रोधी घर” को पहिलो दिन उद्घाटन कार्यक्रममा समेत उनले सम्मान पायकि छिन। बरिष्ठ लोक गायक प्रेम राजा महत साथै बरिष्ठ लोक दोहोरी गायक तथा इन्द्रेनी कार्यक्रम का सञ्चालक कृष्ण कँडेलको हात बात मायाको चिनो ग्रहण गर्दै सम्प्रीयाले सम्मान पायकि हुन्।

यो संगै उनि निकैनै खुसी भयको कुरा यसरी बतायकि छिन।- “बरिष्ठ लोक गायक प्रेम राजा महत साथै बरिष्ठ लोक दोहोरी गायक यानिकि मेरो गुरु ,मेरो अभिभावक, इन्द्रेनी कार्यक्रम का सञ्चालक कृष्ण कँडेल दाजु उहाँहरू दुबै को हात बाट मायाको चिनो ग्रहण गर्न पाउनु मेरो लागी सौभाग्य को कुरा हो। यस्तो मायाको अवसर मिलाइदिनु हुने हाम्रो प्यारा लोक दोहोरी गायक रविन लामिछाने दाई र दिनेश थापा दाई लाई धेरै धेरै धन्यवाद र हजुर हरुको नया व्यावसायी धेरै फलदायी होस् शुभकामना।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here