पन्देहीको तिलोत्तमा–२ जानकीनगर स्थित सडकमा हरेक दिन दियो बल्न थालेको करिब एक महिना हुन लाग्यो । सिद्धार्थ राजमार्गको बुटवल–भैरहवा सडक खण्ड अन्तरगत जानकीनगरमा हरेक साँझ करिब १ घण्टा दियो बल्ने गर्दछ । गत चैत्र ३० गते वि”ष सेवनबाट मृ”त्यु भएकी अमृता खत्री टण्डनको न्यायका लागि भन्दै उनका आफन्तले दियो बाल्ने गरेका हुन् । मृत्यु भएको महिना दिन बितिसक्दा पनि अमृताको श”व लुम्बिनी प्रादेशिक अस्पतालको श”वगृहमा ल”म्पसार परिरहेको छ ।
अमृताका दाजु पुष्प खत्री आफ्नो कामकाज छाडेर प्र”हरी प्रशासन र अद्दाअदालत धाउन मै व्यस्थ हुने गरेका छन् । बहिनीको मृ”त्युले पोलेको छा”तीभन्दा दिनभर घामले तातेको सडक उनलाई सितल लाग्ने गर्दछ । दिनभरको दौडधुपपछि फेरी हरेक साझ उनी दियो लिएर उही सडकमा पुग्ने गर्दछन् जहाँ झण्डावाल गाडी १०० किलोमिटर प्रतिघण्टा बढीको गतीमा हुँकिने गर्दछ । अमृताको आ”त्मह”त्या कि, ह”त्या भन्ने विषयमा बुधबार रुपन्देही जल्ला अदालतमा थुनछेकको बहस भएको उनका दाजु पुष्पले जनकारी दिए ।
न्यायको आन्दोलन जारी राख्ने बताउँदै अमृताका आफन्तले दिनभरको चर्को घामले रापिएको सडकमा उनै अमृताको आत्म”शान्ति र न्यायको कामना गर्दै दियो बाल्ने काम नियमित भएको छ । उनीहरुले हरेक दिन दियो बाल्ने सडकमै ठूला–ठूला नेता मात्र होइन मुलुककै गृहमन्त्री बालकृष्ण खाँण समेत झ’ण्डावाल गा’डीमा हुइँकिने गर्दछन् । गृहमन्त्री खाँणकै गृनगरमा घटेको घ’टना महिना दिनसम्म पनि सत्यतथ्य पत्ता लाग्न नसक्नु दु’र्भाग्यपूर्ण भएको अमृताका आफन्तले गुनासो गर्ने गरेका छन् ।
मृ”तक २९ वर्षीया अमृताको पोष्ट”मार्टम भएपनि शव बुझेर दा”हसंस्कार भने भएको छैन । चैत्र ३० गते रह”स्यमय मृ”त्यु भएकी अमृता सोही दिन साँझ झण्डै ८ः३० बजे माइतबाट सकुशल घर पुगेकी थिइन । तर, सोही साँझ १० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा मृ”त्यु भएको परिवार तथा अस्पताल श्रोतले दिएको जानकारीले उनका माइती पक्षलाई छाँ”गाबाट खसेजस्तै बनायो । अमृताले वि”ष सेवन गरेर मृ”त्यु भएको परिवारले बताए पनि माइती पक्षले भने उनको योजनाबद्ध रुपमा ह”त्या गरिएको दा”वी गर्दै आएको छ ।
अदालतमा बहस चलिरहँदा अमृतको पो”ष्टमा”र्टम रिपोर्ट, घ”टनामा भेटिएका सबुतहरुको फरेन्सी ल्याब रिपोर्ट हालसम्म पनि नआउँदा शं”का थप बढ्दै गएको उनले बताए । घ”टनालाई राज्यशक्तिको जोडबलमै दबाउन खोज्नुका साथै बहिनीले न्याय नपाउने हो कि भन्ने शंका बढ्दै गएको अमृताका दाजु पुष्पले गुनासो गरे । सिँगो प्रहरी प्रशासनको जिम्मा लिएर मुलुको सुरक्षा गर्ने गृहमन्त्रीकै नगरका बासिन्दा उनलाई अचेल प्रशासन र सुरक्षा व्यवस्थाप्रति आशंका पैदान हुने गरेको छ । न्यायप्रतिको भरोसा टुड्दै गएको छ ।













