१३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक विजेता भारोत्तोलन खेलाडी सन्जु चौधरी मृ””त भेटिएकी छिन् । ललितपुरको लुभुस्थित भारोत्तोलन प्रशिक्षक संजय महर्जनको घरमा सन्जु मृ””त भेटिएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) ले जानकारी गराउनु भयो। प्रशिक्षक महर्जनको घरमा भोज खान गएर त्यहिँ बसेकी सन्जु बिहान झु””न्डिएको अवस्थामा फेला परेकी थिइन्।
उनी एक नेपालको विश्वमा नाम राख्ने खेलाडी थिइन् नेपालगन्ज घर भएकी सन्जुले १३औं सागमा महिला ५९ केजी तौल समूहमा श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न जितेकी थिइन् । अब पनि आउने साग मा जित्ने बताएकी पनि थिइन्।
प्रारम्भिक अनुसन्धानमा उनले आत्महत्या गरेको देखिएको छ त्यो भोजमा अध्यक्ष श्रेष्ठसहित अन्य खेलाडी सामेल भएका थिए। सन्जु भने त्यहिँ बसेकी थिइन्। उनी १९ औं एसियाली खेलकुदका लागि बन्द प्रशिक्षणमा सामेल हुनको लाई सन्जु काठमाडौं आएकी थिइन् ।
बाकी हेर्नुहोस भिडियो
https://youtu.be/gOW4tnO2DVM















